Ad image

जिल्लाका स्थानीय स्वास्थ्य संस्थाहरुबाट किशोर किशोरीमैत्री स्वास्थ्य सेवा प्रदान

मालश्री खबर
मालश्री खबर २ पुष २०७९, शनिबार
3 Min Read
Aa

मालश्री खबर, पुस ०२, रोल्पा । पछिल्लो समयम जिल्लामा विभिन्न स्वास्थ्यको गतिविधीहरु सञ्चालन हुदै आएका छन् । स्वास्थ्यको दृष्टिकोणले निकै पछि परेको रोल्पा जस्तो विकट ठाउँमा अहिले प्रायः सबै स्वास्थ्य चौकीहरु किश्वर किश्वरीमैत्री बन्दै गएका छन् । परिवर्तन गाउँपालिकाका १ कि मेरिना रोका मगर आफूलाइ स्वास्थ्य समस्या देखिएमा कुरेली स्वास्थ्य चौकीमा जाने गर्नुहुन्छ । त्यहा रहेका किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको लोगो देखेर जाँदा अनमी आशा घर्तीले प्रजनन् स्वास्थ्य सम्बन्धी परामर्श गर्नुहुने बताउनु भयो ।

स्वास्थ्य सेवा विभागका मान बहादुर बुढा र परिवार कल्याण महा शाखाका विष्णु बास्कोटाले उपस्थित अभिभावक, जनप्रतिनिधि र किशोरकिशोरीलाई दोश्रो पटकको अनुगमनमा आफूहरूले स्वास्थ्य सेवामा निक्कै सुधार देखिएको बताउनु भयो । युएनएफपिएको सहयोगमा एड्रा नेपाल र स्वास्थ्य कार्यालयले जिल्लाका १० वटा स्वास्थ्य संस्थाबाट किशोर किशोरी मैत्री स्वास्थ्य सेवा शुरू भएकोमा खुशि व्यक्त गर्नु भयो ।


स्वास्थ्य कार्यालयका प्रमुख नोखराज पोख्रेलले किशोरावस्था परिवर्तनशिल अवस्था भएकाले किशोरकिशोरीका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परामर्श र सेवा स्थानीय स्वास्थ्य संस्थाबाट उपलब्ध गराउँदा सहज हुने स्थानीय अभिभावक र स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरूलाइ जानकारी गराउनु भएको थियो । सामाजिक परम्परा अनुसार यौन तथा प्रजनन् स्वास्थ्य सेवा समाजमा भन्न नहुने विषयको रूपमा लिँदा कतिपय किशोर किशोरीमा शारीरिक स्वास्थ्यसँगै मनोसामाजिक स्वास्थ्य समस्या हुने भएकोले उनिहरूको समग्र सिकाइ, अध्ययन र जीवनमा नकारात्मक प्रभाव पर्ने बताउनु भयो ।

यसै सन्दर्भमा रोल्पा जिल्लामा थप २ वटा स्वास्थ्य संस्थालाइ किशोर किशोरीमैत्री स्वास्थ्य संस्थाको रूपमा दातृ निकायको सहयोगमा तयार गर्न सक्नु जिल्लाको लागि उपलब्धी भएको पोख्रेलले बताउनु भयो । थवाङ स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुन र जलजला अस्पतालका निमित्त प्रमुख राजकुमार बुढा मगरले धेरै सङ्घर्षका बावजुद स्वास्थ्य संस्थामा किशोर किशोरीमैत्री सेवा सञ्चालन गर्न सम्भव भएको बताउनु भयो । ‘सिमित श्रोत साधन र भौगोलिक विकटताको बावजुद किशोर किशोरीहरूका लागि अलग्गै कोठाको व्यवस्था गरी मैत्रीपूर्ण सेवा सञ्चालन हुनु समुदाय प्रतिको जवाफदेहीता अनुभुत गर्न सकिन्छ’ युएनएफपिएका जिल्ला अधिकृत केदार रानाले भन्नु भयो ।

- Advertisement -
Ad image

संयुक्त अनुगमनमा स्वास्थ्य कार्यालय रोल्पाका यौन तथा प्रजनन् स्वास्थ्य शाखाका कुमार थापाले कुरेली स्वास्थ्य चौकी र थवाङ स्वास्थ्य चौकीमा गुणस्तरीय सुधार सुचकको आधारमा अनुगमन गर्दा ९ वटा स्ट्याण्डर्डमा क्रमशः ८७.२३ र ८१.२० अङ्क प्राप्त गर्न सफल भएकोले ती स्वास्थ्य संस्थाहरूलाइ प्रमाणित गरी प्रमाणपत्र उपलब्ध गराइएको जानकारी दिनुभयो । कुरेली स्वास्थ्य संस्थाले गत वर्ष १७६ किशरोर र २९० जना किशोरीलाई सेवा दिएकोमा यो वर्ष मात्र ५६ जना किशोर र ४५ जना किशोरीहरूलाईयौन तथा प्रजनन् स्वास्थ्य र परामर्श सेवा दिएको अभिलेखबाट देखिएको छ । मैत्रिपूर्ण स्वास्थ्य सेवाको विस्तारले जिल्लामा परिवार योजनाको अपरिपूर्त माग कम गर्न, अनिच्छित गर्भधारण नियन्त्रण र परिवार योजनाको साधनको प्रयोग दरमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array