Ad image

रोल्पाली सेवा समाजद्वारा सहयोग हस्तान्तरण

मालश्री खवर
मालश्री खवर १४ बैशाख २०८१, शुक्रबार
2 Min Read
Aa

भरत विश्वकर्मा/ वैशाख १४ गते सुलिचौर रोल्पा ।

रोल्पालि सेवा समाज रोल्पा केन्द्रीय समितिले सहयोग रकम हस्तान्तरण गरेको छ । सेवा समाजले आज एक कार्यक्रमको बिच थबाङ गाउँपालिका वडा नम्बर ५ की १७ वर्षिय विरामी आनन्सी विकलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

शरिरको कम्मर भन्दा मुनिको भाग नचल्ने गरी अपाङ्ग भएकी विकलाई रोल्पाली सेवा समाज मलेसिया शाखाको सहजिकरण र केन्द्रीय उपाध्यक्ष लालकुमारी रोका मगरको संयोजकत्वमा संकलित ९१ हजार ९ सय १३ रुपैँया रकम हस्तान्तरण गरिएको हो । सेवा समाजद्वारा संकलित रकम सुनिलस्मृति गाउँपालिकाको कार्यालय सुलिचौरमा गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी उपाध्यक्ष मिना थापा लगाएतद्वारा हस्तान्तरण गरिएको थियो ।

विरामीको उपचारमा करोडौं रकम खर्च गर्दा पनि विरामी पुर्ण रुपमा सञ्चो नभएको परिवारले बताएका छन् । विरामी र परिवार हाल सनिलस्मृति गाउँपालिका ४ सुलिचौरमा बस्दै आएका छन् । उनको उपचारमा हालसम्म १ करोड भन्दा बढी रकम खर्च भएको परिवारले बताएका छन् । विकलाई अहिले हिडडुल गर्नको लागि ह्विलचेयरको सहयता लिनुपर्ने अवस्था रहेको छ ।

- Advertisement -
Ad image

सहयोगी रकम हस्तान्तरण गर्दै सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले रोल्पाली सेवा समाजले हालसम्म गरेको कामको प्रशंसा गर्दै समाजसेवी काममा सवै जोडिन आग्रह गर्नुभयो । उहाँले सेवा समाजले विभिन्न पीडितहरुको गाउँमा महलम लगाउनमा महत्वपुर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीले रोल्पाली सेवा समाज निष्पक्ष रुपमा जनताको सेवा गर्ने भएकाले इच्छुक व्यक्ति यस संस्थामा आवद्ध हुन आग्रह गर्नुभयो । जिवनमा कहिले के हुन्छ भन्ने कसैलाई थाहाँ नहुने बताउदै सहयोगी भावनाका साथ अगाडी बढ्नुपर्ने उहाँको भनाइ थियो ।
रोल्पाली सेवा समाजले विगत लामो समयदेखि विभिन्न समस्या परेका व्यक्तिहरुको उद्धार उपचार सहयोगको क्षेत्रमा प्रतिवद्ध रहेको छ ।
कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई विभिन्न वडाका वडा अध्यक्षहरु रोल्पाली सेवा समाज केन्द्रीय समितिका केन्द्रीय सदस्य जिवन घर्ति, जगुमति बुढा मगर, दाङ शाखाकी उपाध्यक्ष कल्पना घर्ति देउचन  वली लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्दीय सचिव रोशन गिरीले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

Array