Ad image

नेपाली कांग्रेसले बुझायो परिबर्तन गाँउपालिकालाई सात बुँदे ध्यानाकर्षण पत्र

मालश्री खवर
मालश्री खवर १० बैशाख २०८१, सोमबार
9 Min Read
Aa

मालश्री खबर, बैैशाख १० रोल्पा ।

नेपाली कांग्रेस परिबर्तन गाँउपालिकाले बिभिन्न माग राख्दै सात बुँदै ध्यानाकर्षण पत्र आज परिबर्तन गाँउपालिकालाई बुझाएको छ । नेपाल राष्ट्रिय नमूना माध्यामिक विद्यालय तथा थप प्राविधिक तथा व्यावसायिक विद्यालय परिवर्तन गाउँपालिका मौलाबोट राङकोटका प्रधानाध्यापक गोपाल बहादुर केसीले कक्षा ८ को परिक्षा निजि आवासमा बनाएको प्रति लगाएत अन्य ७ वुदे ध्यानाकर्षण पत्र नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाले परिबर्तन गाँउपालिका अध्यक्ष सुक बहादुर बुढालाई आज बुझाएको नेपाली कांग्रेस परिबर्तन गाँउपालिकाले जानकारी दिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, नेरा नमूना माध्यामिक विद्यालय तथा थप प्राविधिक तथा व्यावसायिक विद्यालय परिबर्तन गाँउपालिका ५ मौलाबोट राङकोटका प्रधानाध्यापक गोपालबहादुर के।सीले मिति २०८१ साल बैशाख ३ गते विद्यालयको जोजो सम्बन्ध राख्दछ स्पष्ट पारेको विषयमा नेरा नमुना मा।वि थप प्राविधिक तथा व्यावसायिक विद्यालय परिवर्तन गाउँपालिका ५ मौलाबोट राङकोट रोल्पामा कार्यरत मा।वि संघिय तहका शिक्षक कृष्ण बुढाको फेशबुक आइडीबाट कक्षा ८ को फाइनल परिक्षामा नेरा मावि केन्द्रमा सहभागि नभएको विद्यार्थी पूरक परिक्षा दिने परेको सार्वजनिक भएको छ ।

- Advertisement -
Ad image

उक्त परिक्षामा ४२ जना विद्यार्थी सहभागि भएको जसमध्ये ४१ जना नियमित र १ जना प्राईभेट परिक्षार्थी सहभागि भएकोमा सबै परिक्षामा सहभागि भई विद्यार्थीका आवश्यक कागजात सम्बन्धित निकायमा गई जाचँबुझ गर्न सकिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गर्दछु ।” भन्ने जानकारी पछि नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।

उक्त जानकारी पछि सत्यतथ्य पत्ता लगाई कक्षा ८ को परिक्षामा प्राईभेट विद्यार्थी नेपाल सरकारको शिक्षा नीति अनुुसार शिक्षा निर्देशिका अनुसार सम्बन्धित विद्यालयले स्वीकृति लिएको वा नलिएको सत्यतथ्य छानबिन गरी निज प्राईभेट विद्यार्थीलाई सोही विद्यालयका प्र।अ गोपालबहादुर के।सीले आफ्नो निजि आवासमा परिक्षा गराएको बुझिएकाले निज प्र।अ लाई नेपाल सरकारको शिक्षा नीति निर्देशिका अनुसार कडाभन्दा कडा कारर्बाहीको लागि गाउँपालिका मार्फत नेपाल सरकारका सम्बन्धित निकायलाई माग गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

गाउँपालिका अन्र्तगत कृषि तथा पशु शाखाबाट वितरण हुने बिउबिजनमा क्वालिटीहीन, गुणस्तरहीन, नउम्रेको, कतिपय बोटविरुवाहरु राम्रो उत्पादन भएपनि फसल नदिने साथै पशुजन्य बाख्रा, बोका कृषकबाट खरिद गरिएको मूल्य एउटा र कृषि शाखा र पशु शाखाले मूल्यदर फरक पेश गरेको भेटिएको छ ।

कृषकले सहुलियत मूल्यमा पाउनु पर्नेमा कृषकले बजार मूल्यअनुसार पाएकाले यस गाउँपालिकामा कृषि शाखा र पशु शाखामा पनि चरम अनिमियतता भएको जनता माझमा बुझिएकाले सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेको छ ।

विकास निर्माणको कार्यमा उपभोक्ता समिति गठन गर्दा आफू निकट व्यक्ति समितिमा राख्ने, समितिका केही सीमित व्यक्ति तथा गाउँपालिका कार्यालयको मिलेमत्तोमा आर्थिक घोटाला हुनुका साथै गाउँपालिकामा कोटेशनका कामहरु प्राविधिक तथा गाउँपालिका र केही सीमित व्यवसायीको मिलेमत्तोमा आर्थिक हिनामिना भएको पाइएकाले यसमा सत्यतथ्य पत्ता लगाई कानुनको दायरामा नल्याए सशक्त आन्दोलन गर्ने भनी माग नेपाली कांग्रेसले गरेको छ ।

गाउँपालिका अन्तर्गत सहिदपार्क अथवा स्थल बनाउने नाममा गाउँपालिकाले वडा नं। ५ को जनताको सार्वजनिक वन, सम्बन्धित आसपासका जनतासँग सल्लाह नगरी जबरजस्त हड्पिएको र निर्माण कार्य सुरु गरिएकोमा नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाको गम्भीर ध्यानाकर्षण गराएको छ । उक्त कार्य नरोकेमा नेपाल सरकारको सम्बन्धित निकायमा कानुनी परामर्श खोजिने र तत्काल नरोकेमा नेपाल सरकारको कानुनबमोजिम अगाडि बढ्ने जानकारी गराएको छ ।

नेपाल सरकारको नीति तथा त्यसमा थप यस गाउँपालिकाको प्रतिवद्धताअनुसार शिक्षामा पूर्ण निःशुल्क भन्ने सस्तो लोकप्रियताको नारामा मात्र सीमित भएको आम जनसमुदायमा महशुस भएको छ । यस गाउँपालिकाअन्तर्गत विभिन्न विद्यालयमा विद्यालय प्रशासक र विद्यालय व्यस्थापन समितिले विद्यालयमा नीतिलार्ई तलब भत्ता तथा विभिन्न बाहनामा जनतालाई आर्थिक संकलन गर्न लगाउने विद्यालयका विद्याार्थीलाई विभिन्न बाहनामा कोचिङ ट्युसन तथा परीक्षा शुल्क समेत उठाएकाले एकातिर गाउँपालिका सरकारले शिक्षामा पूर्ण निःशुल्क भनेर जनताको अगाडि लोकप्रिय कुरा गर्नै अर्कोतिर विभिन्न बाहनामा शुल्क तथा रकम उठाउनाले गाउँपालिकाको सरकारको ठुलो धज्जी उडेको छ । अर्कोतिर निजी विद्यालयले समेत सरकारी विद्यालयको प्राङगणमा जोडिएको ठाउँमा सहमति दिनुले शिक्षा क्षेत्र लज्जास्पद अवस्थामा देखिनुमा हाम्रो नेपाली कांग्रेस परिर्वतन गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । नीति एकातिर काम अर्कोतिर हुनु आफैमा ठुलो विवादित कुरालाई यथाशिघ्र गाउँपालिका सरकारको ध्यानाकर्षण गर्दछौँ । साथै यस गाउँपालिकाबाट शिक्षक तथा अन्य कर्मचारी छनोट गर्ने क्रममा चरम भ्रष्टाचार र लापरवाही भएको बुझिएकोले सत्यतथ्य पत्ता लगाई सम्बन्धित जनताको माझमा ल्याउनको लागि माग गरेको छ ।

त्यसैगरी सरकारको नीतिअनुसार नेपाली जनतालाई सर्वसुलभ स्वास्थ्य प्राप्त गर्ने नीतिअनुसार स्वास्थ्यमा अनिवार्य स्वास्थ्य बिमा प्रभावकारी नभएको साथै हाल गाउँपालिकाले हरेक स्वास्थ्यचौँ कीहरुमा गर्भवति महिलालाई भिडियो एक्सरे तथा चेकजाँच गर्दै आइरहेको स्वास्थ्यलाई थप प्रभावकारी बनाउन हुन साथै निर्माणधीन अवस्थामा रहेको १५ शैयाको अस्पताल निर्माण कार्यमा ढिलासुस्ती भइरहेको अवस्था छ । गाउँपालिका सरकारले स्वास्थ्यजस्तो संवेदनशील कुरालाई ध्यान नदिएर जनशक्ति अपुग बनाई राखेकोमा स्थानीय सरकारले जनशक्ति प्राप्त मात्रमा व्यवस्थापन गरी सेवा प्रभावकारी बनाउनको लागि नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाले सम्बन्धित गाउँपालिकालाई गम्भीर ध्यानाकर्षण गराएको हो ।

गाउँपालिकाले केही वर्ष पहिले जिसिवी खरिद गरेको भन्ने सुनिएको र जिसिवी पनि देखियो तर हालसम्म उक्त जिसिवी कसरी कुन ढंगले चलेको छ रु वर्षमा कति बजेट बराबरको काम गरिएको छ र कुन ठाउँ, कहाँ, कति निर्माण कार्य गर्दैछ र साथै यस गाउँपालिकामा चार पांग्रे सवारी साधनर दुई पांग्रे सवारी साधन बिदाको समयमा दुरुपयोग गरिराखेको र केही सवारी साधन बाहिरी जिल्लामा दुरुपयोग भएको सुन्नमा आएकाले नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाले नेपाल सरकारको स्रोतसाधन दुरुपयोग गर्नेहरुलाई नेपाल सरकारको कानुनबमोजिम कारबाही गर्नको लागि जोड्दार माग गर्दछौँ , ध्यानाकर्षण पत्रमा भनिएको छ । माथिका बुँदाहरुलाई सम्बोधन नगरिएमा नेपाली कांग्रेस परिवर्तन गाउँपालिका कानुनअनुसारको जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने समेत जानकारी गराएको छ ।

यस बारेमा हामिले परिबर्तन गाँउपालिका अध्यक्ष सुक बहादुर बुढामगरलाई सम्पर्क गरि बुझ्दा गाँउपालिका अध्यक्ष बुढामगरले ज्ञापनपत्र बुज्दै, सरकार भएकोले बिरोध र समर्थन दुबै आउने बताउनु भएको छ । कुनै बेला बाहिर के हुन्छ भन्दा सरकारले भित्री रूपमा आफ्नो नियम सिस्टममा मुलभूत रूपमा जनताको काम गरी रहँदा पनि बाहिरी रूपमा कतिपय कुराहरु भ्रमपूर्ण  हुने समेत बताउनु भएको छ । नेपाली कांग्रेसले आफ्नो पालिकामा बुझाएको ध्यानाकर्षण पत्रलाई आफूले सकारात्मक पक्षको रूपमा लिएको पनि बताउनु भएको छ । कतिपय ठाउँमा अलिअलि राजनीतिक पूर्वाग्रही पनि हुने भएकोले त्यो माइनर विषय भएकोले आफूले त्यो दृष्टिकोणबाट नलिएर उहाँहरु पनि परिवर्तन गाउँपालिका बासी नै हो,पार्टीको प्रतिवेदन भन्नु हुन्छ, त्यो फरक पाट हो–उनले भने । अध्यक्ष बुढाले  परिवर्तन गाउँपालिकाको विकासको लागि समृद्धिको लागि आफूले लिएको प्रतिक्रिया दिनु भएको छ। यद्यपि राजनीति पूर्वाग्रही हो र भएको भए त्यो पछी पुष्टि हुदैन जाने बताउदै,कहिलेकाही काम गर्दै जाने क्रममा कमी कमजोरी हुने भएकोले त्यसलाई सुधार गर्दै अगाडि बढ्ने र जुन ज्ञापन पत्र आएको छ, त्यसलाई सकारात्मक पक्षको रूपमा आफुले र गाउँपालिकाले लिएर अध्यक्ष बुढामगरले प्रतिक्रिया दिनु भएको छ ।

ज्ञापन पत्र बुझाए पछि रेडियो मालश्रीलाई प्रतिक्रिया दिदैं नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सभापति खडक घर्तीमगरले “स्थानीय सरकार परिवर्तन गाउँपालिकालाई आफ्नो पाटीले पहिलो पटक ध्यानाकर्षण पत्र बुझाएको प्रतिक्रिया दिनु भएको छ । हामीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका भित्रका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीलाई उपस्थित गराएर ज्ञापनपत्र बुझाएका छौँ” घर्ती मगरले भने । सात वटा महत्वपूर्ण तथा समसान्दर्भिक विषयलाई केन्द्रित गरेर ध्यानाकर्षण पत्र बुझाएको बताउनु भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पशु तथा विकास निर्माणमा भएका गतिविधि लगायतका बारेमा ध्यानाकर्षण गराएका छौं– उनले भने । हामीले ध्यानाकर्षण मार्फत उठाएका विषयमा गाउँपालिकाले बिस्तारै जवाफ दिनु होला ? तर हामीले पहिलो कुरा १ नम्बरको बुदालाई पहिलो प्राथमिकतामा राखेका छौँ,त्यो हो केही दिन अगाडि मात्र कक्षा ५ र कक्षा ८ को रिजल्ट सार्वजनिकको बिषय जुन शिक्षामा शिक्षा समितिको चरम लाहपर्वाही देखिएको छ, त्यो बिषय मुल रूपमा उठाएका छौँ । आज मात्र परिक्षामा देखिएको विषयमा छानबिन समिति बनेको कुरा थाहा भएको र यहीँ बैशाख १५ गतेसम्म निष्कर्ष दिने कुरा भएकोले त्यहाँ सम्म पर्खेर बस्ने यदि चित्तबुझ्दो जवाफ पालिकाले नदिएमा थप ससक्त रुपमा आन्दोलन गर्ने समेत प्रतिक्रिया दिनु भएको छ । आफूहरुको आन्दोलन चरणबद्ध रूपमा अगाडी बढ्ने नेपाली कांग्रेस परिवर्तन गाउँपालिका सभापतिले बताउनु भएको छ ।

    

प्रतिक्रिया दिनुहोस्

Array