Ad image

गंगादेवमा बाल विवाह तथा महिला हिंसा विरुद्ध अन्तरक्रिया हुदै

मालश्री खवर
मालश्री खवर १४ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, वैशाख १४ गते रोल्पा

गंगादेव गाउँपालिकाले बाल विवाह तथा महिला हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

गंगादेव गाउँपालिकाको आयोजनामा बाल विवाह तथा महिला हिंसा विरुद्धको डकुमेन्ट्री चलचित्र जुना प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम हुने गाउँपालिकाले जानकारी दिएको छ ।

भोली सनिबार सिद्धार्थ मावि घोप्टेवडार र विरेन्द्र मावि नाउली, १६ गते सरस्वती मावि म्वालेखोला, जनता आवि सुपाटोट्के र नेरा मावि सिमखोला, १७ गते वुद्धि विकास मावि, रातामाटा र सरस्वती मावि बल्लेपोखरीमा अन्तरक्रिय संचालन हुने भएको छ ।

- Advertisement -
Ad image

त्यसैगरी १८ गते जिवनज्योती मावि देवलटाकुरा र पृथ्वीनारायण मावि जायचौर र १९ गते राष्ट्रिय मावि ओत र गंगा मावि चौताराडाडामा सचालन हुने भएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सघं, शिक्षक, कक्षा ९ देखि १२ सम्मका विद्यार्थी, वडा भित्रका महिला आमा समुह, राजनैतिकदलका प्रमुख तथा प्रतिनिधिहरु लाई उपस्थितको लागि गाउँपालिकाले अनुरोध गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्

Array