Ad image

गंगादेव-५ पुर्ण खोप वडा घोषणा

मालश्री खवर
मालश्री खवर १४ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, वैशाख १४ गते रोल्पा

गंगादेव गाउँपालिका नम्बर वडा ५ पुर्ण खोप वडा घोषण भएको छ । बिहिवार एक कार्यक्रमका बीच वडा नम्बर ५ लोदचौरमा पुर्ण खोप वडा घोषण तथा दिगोपना प्रतिवेदन कार्यक्रम सम्पन्न भएको हो ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र लोदचौर र सिमखोला गरी २ वटा केन्द्रबाट खोप कार्यक्रम संचालन हुदै आएका छन् । १५ महिना सम्मका बालबालिका लोद्चौर र सिमखोला खोप केन्द्र बाट ५१ जना ले नियमित खोप प्राप्त गरिरहेका छन् ।

त्यसैगरी १६ महिना देखी २३ महिना सम्मका १५८, २५ देखी ५९ महिना सम्म सम्मका १५० गरी जम्मा ३५९ बालबालिकाले दुई केन्द्रबाट खोप पाएका आधारभुत स्वास्थ्य सेवा केन्द्र लोदचौरका प्रमुख कार्यालय शुवास विकले जानकारी दिनु भयो ।

- Advertisement -
Ad image

गंगादेव गाउँपालिका वडा नम्बार ५ का वडाध्यक्ष अमृतबहादुर बुढाको अध्यक्षतामा भएको पुर्ण खोप वडा घोषणा कार्यक्रमको प्रमुख अतिथमा गंगादेव गाउँपालिका अध्यक्ष हरिबादुर पुन रहनु भएको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array