Ad image

रोल्पाका हेमन्त खत्री बर्षको उत्कृष्ट बेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित

मालश्री खवर
मालश्री खवर ९ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

मालश्री खबर, बैशाख ९ रोल्पा ।
नेपाल तेक्वान्दो संघको चितवनमा शनिबार भएको आठौँ वार्षिक साधारणसभा मा रोल्पाका हेमन्त खत्री यो बर्षको उत्कृष्ट बेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित हुनु भएको छ ।

७७ जिल्ला बाटै छनोट गरिएकोमा रोल्पा नगरपालिका १० धवाङ निवासी रोल्पा जलजला तेक्वान्दो डोजाङ रोल्पाका प्रमुख तथा अध्यक्ष हेमन्त खत्री बेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित हुनुभयो । सम्मानित खत्रीलाई अवार्ड सहित नगद १५ हजार रुपियाँबाट सम्मान गरिएको थियो ।

सम्मानित पछि रेडियो मालश्री र मालश्री खबरलाई प्रतिक्रिया दिदैं रोल्पा जलजला तेक्वान्दो डोजाङ रोल्पाका प्रमुख तथा अध्यक्ष हेमन्त खत्रीले यो सम्मानले आफुलाई मात्र नभई सिंगो रोल्पाली खेलक्षेत्रको आत्मबल बढाउने काम गरेको बताउनु भएको छ । यो सम्मान पछि अझै जिल्लाको तेक्वान्दो खेल क्षेत्रको विकासको लागि आफूमा थप जिम्मेवार थपिएको महसुस भएको बताउनु भएको छ ।

- Advertisement -
Ad image

खत्रीले तेक्वान्दो खेलको विकासको लागी जिल्लाका सबै स्थानिय सरकारहरुले बिशेष महत्व दिएर लगानी गर्न सकेमा यो खेल क्षेत्रको थप विकास हुने समेत बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array