Ad image

नेपाल तरुणदल गंगादेवको पालिका सम्मेलन स्थगित

मालश्री खवर
मालश्री खवर १४ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, बैशाख १४ रोल्पा

नेपाल तरुण दल गंगादेव गाउँपालिकाको पालिका सम्मेलन स्थगित भएको छ । बैशाख १५ गते शनिबार गर्ने भनिएको पालिका सम्मेलन स्थगित भएको हो ।

गंगादेव गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष अमृत बहादुर बुढा मगरका छोरी बर्ष २१ कि समिक्षा बुढा मगरको परिक्षा केन्द्र गंगा माध्यमिक विद्यालय चौताराबाट कक्षा १२ को परिक्षा दिएर शुक्रबार घर फर्किने क्रममा एक्कसी हृदयघाट भइ मृत्यु भएको खबरले गर्दा कार्यक्रम स्थगित गरिएको नेपाल तरुण दल रोल्पाले जानकारी दिएको छ ।

साथै अर्को सूचना नआए सम्मका लागि नेपाल तरुण दल गंगादेव गाउँपालिकाको पालिका सम्मेलन स्थगित भएको नेपाल तरुण दल जिल्ला कार्यसमिति रोल्पाका प्रवक्ता मनोज घर्ती मगरले रेडियो मालश्री खबरलाई जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

नेपाल तरुण दल रोल्पाले २०८१ बैशाख ८ गतेदेखि त्रिवेणी गाउँपालिकाको पालिका सम्मेलनबाट आफ्नो पालिका सम्मेलन सुरु गरेर रोल्पा जिल्लाका सबै स्थानीय तहमा गाउँपालिका तथा नगरपालिका सम्मेलन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array