Ad image

अरनिको माबिमा कक्षा ११ का विद्यार्थीले गरे १२ का विद्यार्थीलाई बिदाई

मालश्री खवर
मालश्री खवर १० बैशाख २०८१, सोमबार
1 Min Read
Aa

मालश्री खबर,बैशाख १० रोल्पा ।
त्रिवेणी गाउँपालिका वडा न. २ नुवागाउँस्थित अरनिको माद्यामिक बिद्यालयमा सोमबार शुभकामना तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ११ का बिद्यार्थीहरुले बैशाख १४ गते देखि शुरु हुने कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहेका विद्यार्थीहरुलाई सोमबार शुभकामना व्यक्त तथा बिदाई गरेका हुन् ।

कक्षा ११ का विद्यार्थी हिमा बुढाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक झुमा कुमारी घर्ती मगर, शिक्षक खड्ग प्रसाद सुवेदि, कक्षा ११ की चन्द्र कुमारी घर्ती मगर, कक्षा १२ की अनु पुन र नारायण थापाले मन्तव्य राखेका थिए ।

- Advertisement -
Ad image

कक्षा ११ की छात्रा एस्टर घर्तीले कार्यक्रमको सञ्चालन गरेकि थिइन भने कार्यक्रमको संयोजन शिक्षक पर्शुराम घर्ती र निम बहादुर के. सी.ले गर्नु भएको थियो बिद्यालयले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array