Ad image

तरुणदल रोल्पाले अग्नी पिडितको आवास निमार्णको लागि श्रमदान गर्ने

मालश्री खवर
मालश्री खवर ९ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

मालश्री खबर, बैशाख ९ रोल्पा ।
आगोलागी पिडितहरुको आवास निमार्णको लागी नेपाल तरुणदल रोल्पाले श्रमदान गर्ने भएको छ । शनिबार बिहान ९ बजेको समयमा रोल्पाको लुङग्री गाउँपालिका वडा नं. १ मनिकोट रिडि भन्ज्याङको जंगलमा आगगलागि शुरु भएको थियो । जंगलमा लागेको आगो लुङग्री गाउँपालिकाको वडा न. १ रिरिप स्थित मानव बस्तिमा फैलिन गई १३ घरगोठ जल्नुको साथै एक जना आगोमा परेर घाइते हुनुका साथै लाखौको क्षती भएको छ ।

नेपाल तरुणदल रोल्पाले आइतबार एक बिज्ञप्ती सार्वजनिक गर्दै आगोलागी बाट लुङ्गी गाँउपालिका वडा न.१ रिरिप गाँउमा भएको धनमालको क्षती प्रति दुःख ब्यक्त गर्दै क्षती भएको घरबासको पुःन निमार्णको लागी नेपाल तरुणदल रोल्पाले श्रमदान गर्ने नेपाल तरुणदल रोल्पाका अध्यक्ष पशुपति घर्तिमगरद्धारा आइतबार जारी गरेको हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array