Ad image

सञ्चारकर्मी घर्ती सहयोग लिएर विपन्न परिवार कहाँ पुगे

मालश्री खवर
मालश्री खवर १० बैशाख २०८१, सोमबार
3 Min Read
Aa

मालश्री खबर, वैशाख १० गते रोल्पा

दुवै आँखा गुमाएका विपन्न परिवार कहाँ सञ्चारकर्मी भुपेन घर्ति सहयोग लिएर पुगेका छन् ।

दुवै आँखा गुमाएर लामो समय देखि अन्धकार जीवन बिताईरहेका रोल्पा गंगादेब गाउँपालिका ६ राँक खानिखोला का ३८ बर्षका तुल बहादुर राणाको विपन्न परिवारलाई नगत रकम सहित घरमा अभाव भएको खाद्यान्न हस्तान्तरण गरिएको छ ।

केही समय अगाडि संचारकर्मी भुपेन घर्ती मगर बिपन्न परिवार कहाँ पुगेर रिदयबिदारक भिडियो सामाजिक सञ्जाल फेसबुक र युटुबमा सम्प्रेषण गर्नुभएको थियो ।

- Advertisement -
Ad image

सोही भिडियो हेरेर स्वदेश तथा बिदेश बाट विभिन्न मनकारी ब्यक्तिहरूले पठाउनु भएको संकलन रकम रू २४ हजार सहित तुल बहादुरको विपन्न परिवार लाई आवश्यक खाद्यान्न संचारकर्मी घर्ती को टिमले पुनः अर्को भिडियो छायांकन गरेर हस्तान्तरण गरेको हो ।

तुल बहादुरको घरमा ९ जनाको संयुक्त परिवार छ । ४ छोरी र १ छोरा छन् घरमा कमाएर परिवार पाल्ने भनिएका तुल बहादुर रानाको संसार नै अन्धकार छ । एक छाक टार्न भनी उनको बुढी आमा र भर्खरकी छोरी र बैनी भारत कमाउन गएका छन् ।

आँखा उपचार गर्न रकम अभावले छटपटाई रहेका छन् तुल बहादुर राणा । उनका आँखा उपचार गर्न लाखौं पैसा लाग्ने छ । स्थानीय सरकार सँग सहयोग को लागि हार गुहार गर्दा पनि कुनै चासो नदेखाएको तुल बहादुको श्रीमतीले गुनासो गर्छिन, उनी भन्छिन् हामी दुखी गरिबको लागि सरकार काहाँ छर् हाम्रो लगि सरकार हैन रैछ भनेर बिलौना गर्छिन् ।

संचारकर्मी घर्ती लाई दुखि गरिबहरूको धैरै नै फोन आउने गरेको उनी बताउँछन् सकेको जतिलाई सहयोग दिलाउन प्रयत्न गर्छु उनी भन्छन् । घर्ती लामो समय देखि सञ्चार क्षेत्रमा आबद्ध छन् पछिल्ला केही बर्ष यता उनी सामाजिक कार्यमा सक्रिय पनि छन् ।

ब्एज्ञ टेलिभिजन का संवाददाता समेत रहेका घर्ती बिभिन्न संचार अनलाइन मा कार्यरत छन् । उनको आफ्नै फुलबारी दैनिक नामको युटुब च्यानल र फेसबुक पेज छ । उनी तेही भिडियो राखेर सहयोग दिलाउने गर्छन । धैर‌ै ब्यक्तिहरूलाई सहयोग गरेका छन केही ब्यक्तिलाई नयाँ जीवन पनि दिलाएका छन् ।

आर्थिक अभावमा गुज्रिएर अन्धकार जीवन बिताईरहेका तुल बहादुर राणाको उपचार को लागि सबैले सहयोगी हातहरू पैलाउन संचार्कर्मी भुपेन घर्ती मगरले सम्पूर्ण मा अपिल समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array