Ad image

सामी कार्यक्रमको सुनिलस्मृति गाउँपालिकाका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया

मालश्री खवर
मालश्री खवर १४ बैशाख २०८१, शुक्रबार
2 Min Read
Aa

भरत विश्वकर्मा/ वैशाख १४ गते रोल्पा ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको स्थानीय तहहरुको जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सुनिलस्मृति गाउँपालिकामा सम्पन्न भएको छ ।
सुरक्षित आप्रवासन परियोजना सामी कार्यक्रमको वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिहरुको विचमा अन्तरक्रिया कार्यक्रम गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रमको जिल्ला संयोजक सरद पोख्रेलले जानकारी दिनुभयो ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बैदेशिक रोजगारीको लागी जाने सम्पुर्ण युवा युवतीहरुलाई सक्दो सहयोग गर्ने, यही देशमै केही गर्न आग्रह गर्ने, सूचनाको अभावमा खाडी मुलुकमा जोखिमपूर्ण काम, न्यून तलबलगायत समस्या भोग्नुपरेको स्थितिलाई मध्यनजर गर्दै परियोजनाले सही सूचना दिने र सूचनामा पहुँच वृद्धि गर्न लगाएतको क्षेत्रमा काम गरिरहेको छ ।

मेनपावर र एजेन्टको मात्र विश्वास गर्दा देश बाहिर र भित्र पनि वैदेशिक रोजगारीका नाममा ठगी, शोषणमा पर्ने समस्या बढीरहेका सन्दर्भमा परियोजना सञ्चालन पछि सही सूचना लिएर मात्र वैदेशिक रोजगारीमा जानका लागी आग्रह गर्ने, यदि जानै पर्ने अवस्था आएमा कसरी सुरक्षित भरपर्दो तरिकाले विदेशमा पुग्न सकिन्छ, बर्तमान समयमा अत्याधिक रुपमा मानिसहरु ठगीमा परिरहेको कारणले गर्दा कुनै व्यक्ति ठगीमा नपरोस भनि सजक भई आफुले कुनै पनि कारोबार गर्दा बैकिङ माध्यमको प्रयोग गर्ने आदिको बारेमा ज्ञान प्रदान गर्ने गर्दछ ।
परियोजनाले वैदेशिक रोजगारीका क्रममा हुनसक्ने ठगी तथा शोषणबाट बचाउन सही सूचना दिने, अदक्ष कामदारलाई सीप लिन प्रेरित गर्ने र सीप लिन चाहनेलाई निःशुल्क सीप मुलक तालीम प्रदान गर्ने, बिदेशमा श्रम शोषणका विरुद्ध हुने हिंसा ठगिलाई निःशुल्क कानूनी सहायता प्रदान गर्ने, मनोसामाजिक परामर्श सेवा दिने, वित्तीय साक्षरता प्रदान गर्ने लगायत सेवा प्रवाहको लागी थप सहयोग गरिरहेको छ ।
सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाकी उपाध्यक्ष मिना थापा विभिन्न वडाका जनप्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

Array