Ad image

लुङ्ग्री गाँउपालिकामा लागेको आगो लामो प्रयास पछि आयो नियन्त्रणमा

मालश्री खवर
मालश्री खवर ९ बैशाख २०८१, आईतवार
3 Min Read
Aa

मालश्री खबर, बैशाख ९ रोल्पा ।
लुङ्ग्री गाँउपालिका वडा नं. १ पाङको मनिकोट रिडि भन्ज्याङको जंगलमा डढेलो करिब ३० घण्टा पछि नियन्त्रणमा आएको छ । शनिबार बिहान करिब ९ बजे देखी रोल्पाको लुङग्री गाउँपालिका वडा नं. १ मनिकोट रिडि भन्ज्याङको जंगलमा आगगलागि शुरु भएको थियो । जंगलमा लागेको आगो लुङग्री गाउँपालिकाको रिरिप स्थित मानव बस्तिमा फैलिन गई गाँउमा रहेका १३ घरगोठ जल्नुको साथै एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

लागोलागी बाट अन्दाजी ६५ लाख ४० हजार बराबरको धनमालको क्षती भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । मानव बस्तिमा लागेको आगोलाई नियन्त्रण गर्नको लागी स्थानिय बासी, नेपाल प्रहरी, ससत्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधी लगाएतको लामो प्रयास पछि मात्र आगो नियन्त्रणमा ल्याउन सफल भएको जिल्ला विपद व्यवस्थापन समिती रोल्पाका संयोजक, प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझिले रेडियो मालश्रीलाई बताउनु भएको छ ।

जिल्ला विपद व्यवस्थापन समिती रोल्पाका संयोजक प्रमुख जिल्ला अधिकार रायमाझिले आफु घटना स्थल पुगेर राज्य बाट प्रदान हुने पहिलो चरणको राहत बितरण गरेर फर्किएको बताउनु भएको छ । पहिलो चरणमा पाँच घरलाई २० हजारका दरले र तिन घरलाई १५ हजारका दरले जिल्ला विपद कोषबाट प्रदान गरिने राहत उपलब्ध गराएको जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

आगोलागी पिडितलाई राहत प्रदान गर्नको लागि स्थानिय सरकार लुङ्ग्री गाँउपालिका, नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखा, आइएनएफ नेपाल रोल्पा र रोल्पाली सेवा समाजले पनि आगोलागी पिडितहरुलाई लट्टा कपडा, खाद्धयान्न, नगद लगाएतको राहत बितरण गरेको लुङ्गी गाँउपालिका अध्यक्ष भरत कुमार थपाले जानकारी दिनु भएको छ ।

आगोलागिबाट लुङग्री गाउँपालिका वडा नं. १ रिरिप बस्ने निसे घर्तीको २ तले घर, १ तले गोठ सोही ठाउँ निवासी अमृत घर्तीको २ तले घर जलेको प्रहरीको भनाई छ । यस्तै लुङग्री गाउँपालिका रिरिपकै सन्तु घर्तीको २ तले घर जलेको छ भने, प्यारालाईसिसको बिरामी भई घरमा बसेको अवस्थामा सन्तु घर्तीको दाँया हातको कुहिना, दाहिने खुट्टा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । घाइतेको अवस्था सामान्य भएकाले उनको उपचार गाँउमै भईरहेको पनि बताईएको छ ।

लुङग्री गाउँपालिका कै टेके घर्तीको २ तले घर, भुवन घतीको १ तले गोठ जलेको छ, त्यस्तै सोहि ठाउँ निवासी प्रकाश सिंह घर्तीको २ तले घर, तुलबहादुर घर्तीको २ तले घर, १ गोठ, नरबहादुर घर्तीमगरको १ घर, जितबहादुर घर्तीमगरको १ घर, र हिरालाल घर्तीको २ तले घर, १ तले गोठ पूर्णरुपमा जलेर नस्त भएको छ । आगोमा जलेर एक वटा गोरुको मरेको भने एउटा जर्सिगाई समेत जलेर घाइते भएको बताईएको छ । सबै घरमा भएको अन्नपात, लत्ताकपडा, भाडा बर्तन जलेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता रामनारायण गुप्ताले जानकारी दिनुभयो ।

आगो कस्ले लगाएको भन्ने अझै पत्ता लागि नसकेको लुङग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापाले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

Array