Ad image

वन डढेलो नियन्त्रण सँगै पुर्व सतर्कता अपनाउन सुनछहरी गाउपालिकाको सबैमा अनुरोध

मालश्री खवर
मालश्री खवर १० बैशाख २०८१, सोमबार
3 Min Read
Aa

मालश्री खबर, बैैशाख १० रोल्पा ।
वन डढेलो नियन्त्रणका लागि पुर्व सतर्कता तथा सावधानी अपनाउन सुनछहरी गाउपालिकाले सबैलाई अनुरोध गरेको छ । ग्रीष्म तथा सुख्खा मौसमा आगलागी सम्बन्धी बिभिन्न घटनाहरु भइरहेको भन्दै गाँउपालिका बासीहरुलाई पुर्व सतर्कता तथा सावधानी अपनाउन एक सुचना जारी गर्दै गाँउपालिकाले सबैलाई अनुरोध गरेको छ ।

लामो समयदेखि हिउँदे वर्षाको कमी, निरन्तर तापक्रमको वृद्धि, गर्मी मौसमको शुरुवात आदि प्राकृतिक कारण र सेचतनाको कमी र लापरबाहीले वनमा डढेलो बढिरहेको भन्दै गाँउपालिका बासीहरुलाई सचेत बाउनको लागी आफुहरुले शन्देश मुलक सुचना जारी गरेको गाँउपालिका प्रमुख प्रसासकीय अधिकृत लालसिंह खड्काले बताउनु भएको छ ।

सोमबार गाँउपालिका प्रमुख प्रसासकीय अधिकृत लालसिंह खड्काद्धारा हस्ताक्षरित सुचनामा भनिएको छ । खाना पकाइसकेपछि आगो, ग्याँस चुल्हो र अन्य अग्निजग्न उपकरणहरु तत्काल निकाल्नु पर्ने, चुरोट, बिडी, तमाखु, चिलिम आदि धुम्रपान जन्य बस्तुहरु स्वास्थ्यका लागि हानिकारक हुनुका साथै आगालागीको मुख्य कारण पनि हुने हुदाँ यस्ता बस्तु तथा पदार्थहरुको प्रयोग सकभर नगरौ र जथाभावी प्रयोग गरेर ठुटा जहातही फाल्ने कार्य बन्द गर्नु पर्ने, विभिन्न धार्मिक संस्कार,चालचलन र संस्कारमा प्रयोग हुने अग्निजन्य वस्तुहरु प्रयोग भइसकेपछि सुरक्षित तवरले निभाउन आग्रह गरिएको छ ।

बिजुलीका तार, स्वीच, प्लग र वायरिङ ठीक अवस्थामा छन वा छैनन् नियमित जाँच गरौ । कुनै बिग्रिएको खण्डमा यथासक्य मर्मत तथा सम्भार गरौ र बिजुलीको लाइनमा कुनै खराबी भएमा नेपाल विद्युत प्राधिकरण सुलीचौर शाखामा वा रोल्पा वितरण केन्द्रमा तुरुन्त खबर गर्न आग्रह गरिएको छ ।

- Advertisement -
Ad image

सलाई, लाइटर वा अन्य प्रज्जवनशील पदार्थहरु मट्टितेल, डिजेल र पेट्रोल आदिको प्रयोग सावधानीपूर्वक गरौ र बालबालिका र ज्येष्ठ नागरिकको पहुँच भन्दा टाढा राख्ने, गोठ बारीमा वा अन्य ठाउँमा आगोको प्रयोग गर्दा सावधानीपूर्वक गरौ । काम सकि सकेपछि पानीले राम्री आगो निभाउने कार्य गर्ने, खेतबारी र बनजंगलमा अनाबश्यक रुपमा आगो लगाउने कार्य नगरौ र आफ्नो वरपर कसैलाई पनि त्यस्तो कार्य गर्न नदिन गाँउपालिका बासीमा अनुरोध गरिएको छ ।

सावधानी अपनाउदा अपनाउदै पनि मानवीय कारण बाहेक अन्य कुनै कारणले आगलागी थाहा पाउने बित्तिक्कै तत्काल घर छिमेक र समाजको सहयोग माग्न समेत अनुरोध गरिएको छ । आगोलागी भएको थाहा पाउना साथ तत्काल वडा कार्यालयमा खबर पुर्याउने, नजिकको प्रहरी लाई खबर गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता राखी सुरक्षित स्थानमा लैजाने, बनजंगलमा लागेको आगो फैलन नदिन अग्निरेखा बनाइ बनजंगल नाशिनबाट जोगाउने साथै आगो निभाउने कार्य गर्दा सबै एकै ठाउँमा नरही निभाउने कार्यमा सहभागी हुन गाँउपालिका बासी सबैमा अनुरोध गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array