Ad image

परिवर्तनमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

मालश्री खवर
मालश्री खवर १२ बैशाख २०८१, बुधबार
6 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर वैशाख १२ गते रोल्पा । 

परिवर्तन गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको बताइएको छ ।
कार्यक्रमले विपन्न, गरिब परिवार बढी लाभान्वित भएको परिवर्तन गाउँपालिका अन्तर्गत रहेको रोजगार सेवा केन्द्र शाखाले जानकारी दिएको हो । गाउँपालिकामा सुरुवात चरणमा भन्दा पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा कार्यालयमा फम भर्ने र सूचिकृत हुनेको संख्या पनि बढेको बताइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विपन्न परिवार र गरिब परिवार बढी लाभान्वित भएको र सबै विपन्न र गरिब परिवारले रोजगार पाएको परिवर्तन गाउँपालिका ५ का खलवीर वलीले बताउनुभयो ।

जसको घरमा कमाउने कोही छैन,जहाँ एकल महिला,अशक्त र बृद्ध बृद्धा मात्र गाउँमा हुनुहुन्छ र उनीहरू कमाउन जाने कुनै ठाउँ हुँदैन,प्रधानमन्त्री रोजगार कार्यक्रमले केही राहत मिलेको परिवर्तन गाउँपालिका २ का बीरभान खत्रीले बताउनुभयो । साथै घर खर्च चलाउन र बालबालिकाको पढाई खर्च चलाउन समेत केही हदसम्म सहज भएको परिवर्तन गाउँपालिका ३ का आकाश बुढा मगरले बताउनुभयो ।

- Advertisement -
Ad image

१. आयोजना संख्या आर्थिक बर्ष २०७६ देखि २०८१ सम्म
आर्थिक बर्ष २०७६र०७७ मा ६ योजना रहेको छ ।२०७७र०७८ मा ३२ योजना रहेको छ । २०७८र०७९ मा ५१ योजना रहेको छ।२०७९र०८० मा ५१ योजना रहेको छ। २०८०र०८१ मा ३५ योजना रहेको छ । सबैभन्दा बढी योजना आर्थिक २०७७र०७८ र २०७८र०७९ मा ५१र५१ योजना रहेको देखिन्छ ।

२.सूचिकृत बेरोजगार संख्या २०७६ देखि २०८१ सम्म
आर्थिक बर्ष २०७६र०७७ मा ४ सय ६४ जना रहेका छन । २०७७र०७८ मा १ हजार २ सय ५८ जना रहेका छन । २०७८र०७९ मा १ हजार ७ सय ६३ जना रहेका छन । २०७९र०८० मा १ हजार ९ सय ३७ जना रहेका छन । २०८०र०८१ मा १ हजार ७ सय २४ जना रहेका छन । आर्थिक देखि हालसम्म सबैभन्दा धेरै सूचिकृत बेरोजगार संख्या २०७९र०८० मा १ हजार ९ सय ३७ जना रहेको देखिन्छ ।

३. काममा संलग्नता संख्या २०७६ देखि २०८१ सम्म
आर्थिक वर्ष २०७६र०७७ मा ३ सय २ जना रहेका छन ।२०७७र०७८ मा २ सय ९८ जना रहेका छन ।२०७८र०७९ मा ३ सय ६२ जना रहेका छन ।२०७९र०८० मा १ सय ६९ जना रहेका छन ।२०८०र०८१ मा ९७ जना रहेका छन । आर्थिक बर्ष २०७८र०७९ मा सबैभन्दा धेरै ३ सय ६२ जना काममा संलग्नता रहेको देखिन्छ ।

४. आर्थिक बर्ष २०७६ देखि २०८१ सम्म विनियोजन भएको बजेट वितरण भएको कूल ज्याला रकम आर्थिक बर्ष २०७६र०७७ मा ११ लाख १९ हजार ३ सय ५० रुपियाँ रहेको छ । २०७७र०७८ मा १ करोड ५१ लाख ३८ हजार ५ सय ३६ रहेको छ।२०७८र०७९ मा २ करोड ६ लाख ९२ हजार ३ सय ७४ रुपियाँ रहेको छ ।२०७९र०८० मा ९५ लाख १९ हजार ३ सय ४६ रुपियाँ रहेको छ।२०८०र०८१ मा ५२ लाख ५२ हजार र परिवर्तन गाउँपालिकाको १० लाख रुपियाँ गरी ६२ लाख ५२ हजार रहेको छ । आर्थिक बर्ष २०७८र०७९ मा २ करोड ६ लाख ९२ हजार ३ सय ७४ रुपियाँ रहेको देखिन्छ ।

५.प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यवस्था

रोजगारीको हक सम्बन्धि ऐन,२०७५ को दफा ११, रोजगारीको हक सम्बन्धि नियमावली, २०७५ को नियमा ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका,२०७५ को दफा १८ बमोजिम आर्थिक बर्ष २०८१र०८२ मा यस परिवर्तन गाउँपालिका अन्तरगत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने न्युनतम रोजगारीमा संलग्न भइ सार्वजनिक विकास निर्माणका काममा योगदान गर्ने इच्छुक १८ बर्ष पुरा भइ ५९ बर्ष ननाघेका नेपाली नागरिकले आफूले बसोबास गरेको वडा कार्यालयमा सूचिकृतका लागि निवेदन दिन सकिने व्यवस्था गरेको छ।न्युनतम १ सय दिनको रोजगारीको व्यवस्था गरेको छ । करिब १ सय दिनको प्रत्येक दिनको ५ सय १८ रुपियाँ बराबरको ज्यालाको समेत व्यवस्था गरेको छ भने १ सय दिनको ज्याला करिब ५७ हजार रुपियाँ बराबरको ज्याला प्राप्त गर्छन् ।

२०८१र०८२ मा पनि परिवर्तन गाउँपालिकामा करिब २ हजार २ सय जति सूचिकृत बेरोजगारी संख्या आएको परिवर्तन गाउँपालिका रोजगार सेवा केन्द्र शाखाले जानकारी दिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको योजनाहरुको अनुगमन गर्न जाँदा कार्यक्रम र काम राम्रो भएको प्रतिक्रिया दिने गरेको परिवर्तन गाउँपालिका रोजगार सेवा केन्द्र शाखा प्राविधिक कविन्द्र सुनारले बताउनु भएको छ।म लगायत हामी कामको योजनाहरुको अनुगमन गर्न जाँदा धेरै नागरिकले यो कार्यक्रम निरन्तर आउनुपर्ने माग समेत रहेको बताउनु भएको छ । सुनारले भन्नुभयो,प्रधानमन्त्री रोजगार कार्यक्रमले सार्वजनिक काम तथा विकास निर्माणका कामहरु राम्रो गरेको पाइन्छ९उनले भने ।

रोजगार कार्यक्रमले केही विपन्न तथा गरिब परिवारलाई राहत मिलेको समेत बताउनु भएको छ । केहीले आफूलाई कार्यक्रमले गर्दा घर खर्च तथा छोराछोरीलाई अध्ययन गराउन सहयोग पुगेको बताउने गरेको समेत बताउनु भएको छ । परिवर्तन गाउँपालिकाको सबै वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमको योजनाहरु राम्रोसँग सम्पन्न र कार्यक्रम प्रभावकारी भएको आफूले महशुस गरेको परिवर्तन गाउँपालिका रोजगार सेवा केन्द्र शाखाका संयोजक अनिता भुसालले बताउनु भएको छ ।मैले धेरै ठाउँमा राम्रोसँग योजनाका कामहरु सम्पन्न भएको पाएको छु ९भुसालले भनिन ।

साथै योजना सम्पन्न गर्दा आवश्यक पर्ने सामग्री खरिद गाउँपालिकालेनै गर्ने भएकोले सामान खरिदका लागि परिवर्तन गाउँपालिकाले बजेटको व्यवस्थापन गर्नुपर्ने र गरिदिन समेत भुसालले आग्रह गर्नु भएको छ । आफू योजना अनुगमनमा बस्तीमा पुग्दा धेरैले कार्यक्रमको राम्रो प्रतिक्रिया दिने र आगामी दिनमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम निरन्तर लिनुपर्ने बताउने गरेको समेत भुसालको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array