Ad image

उपाध्यक्षसँग महिला कार्यक्रम तेवाङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

उमा बस्नेत/ मालश्री खबर, जेठ १ गते, रोल्पा । 
सुनिलमृति गाउँपालिकाले उपाध्यक्षसँग महिला कार्यक्रम सुनिलस्मृती गाँउपालिकाको तेवाङमा सम्पन्न गरेको गाँउपालिकाले जानकारी दिएको छ । आइतबार सुनिस्मृति गाउँपालिका वडा नम्बर ७ तेवाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरीएको बाताइएको छ । कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुको विचमा उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत बालबिवाह र आत्माहत्या न्युनिकरण सम्बन्धि कार्यक्रम गरीएको बताइएको छ ।

गाउँपालिकाले बालबिवाह र आत्माहत्याको घटना न्यूनिकरण गर्नको लागि उपाध्यक्षसँग महिला कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा सुनिलस्मृति गाँउपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले बालबिवाह र आत्महत्याको घटना बढिरहेको बताउँदै किशोर किशोरीलाई बालबिवाह र आत्महत्या न्युनिकरणको विषयमा विद्यालयमा सिकेका कुराहरुलाई विद्यालय भन्दा बाहिर पु¥याउन किशोर किशोरीले अहम भूमिकि खेल्ने भएको भन्दै यस्तो कार्यक्रम विद्यालयमा गरेको बताउनु भएको छ । बालबिवाह र आत्महत्या न्यूनिकरण गर्नको लागि किशोर किशोरीले समाजमा भएका अन्य व्यक्तिलाई पु¥याई सचेत बानाउन आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथी तथा गाउँपालिकाका उपाध्यक्ष मिना थापाले बालविबहाको कारणले नै धेरै आत्माहत्याका घटना हुने भएकाले बालविबहा रोक्न सकेमा आत्महत्याको घटनालाई न्युनिकरण गर्न सकिने बताउनु भएको छ । आत्माहत्याको घटना न्यूनिकरण गर्नको लागि किशोर किशोरीलाई बालविबहाको असरको बारेमा सुनाई दिए किशोर किशोरी आफु पनि सचेत हुने र अरुलाई पनि सचेत गराउन सक्ने थापाले बताउनु भएको छ । बालविवाह गरि सानैमा गर्भवति भएमा प्रजनन् अंगमा समस्या आउने, आमा र बच्चा दुबैको ज्यान जोखिममा पर्ने, बालिकाको आर्थिक, सामाजिक, शैक्षिक अवस्थामा नकरात्मक असर पर्ने, पारिवारीक बेमेल हुने जस्ता समस्या हुने भएकाले बालविवाह गर्न नहुने उपाध्यक्ष थापाले बताउनु भएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा बाल मनोविज्ञानको बारेमा सुनिलस्मृति गाउँपालिकका शिक्षा शाखा प्रमुख यादव केसीले प्रस्तुती दिनु भएको थियो । इलाका प्रहरी कार्यालय सुलिचौरका असई पुरुषोक्तम रेग्मीले बाल विबहा र आत्महात्याको बारेमा र सहास नेपाल, सिड्स परियोजना जिल्ला कार्यक्रम संयोजक सरोज पन्थीले उत्प्रेरण र भविष्यको बारेमा विद्यार्थीहरुलाई जनाकारी दिनुभएको थयो । विद्यालयका प्रध्यानाध्यापक मेघराज रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यत्रमको सञ्चालन शिक्षा शाखाका देवराज घर्तीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array