Ad image

रुन्टीगढीमा खसी, बोका हाटबजार सञ्चालन

मालश्री खवर
मालश्री खवर १८ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

कमल खड्का,

मालश्री खबर, बैशाख १८ रोल्पा ।

यस वर्षबाट रुन्टीगढी गाउँपालिकाकाले कृषि खसी बोका हाटबजार सञ्चालनमा ल्याएको छ । आइतबार एक औपचारीक कार्यक्रमका बीच खसी बोका बिक्री केन्द्रको उद्घाटन गरिएको हो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाको सहकार्य तथा रुन्टीगढी गाउँपालिकाको आयोजना र गाउँपालिका भित्रका गैर सरकारी संघ संस्थाहरुको सहयोगमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । आइतबार उद्घाटन भएको बिक्री केन्द्रबाट किसानले ल्याएका ३२ खसी बोका बिक्रिबाट ५ लाख बराबरको आम्दानी भएको गाउँपालिकाको सचिवालयले रेडियो मालश्रीलाई जानकारी दिएको छ ।

- Advertisement -
Ad image

हाटबजारमा ल्याएर बिक्री गर्ने किसानलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाले प्रति किलो २५ रुपैया थप गरेर किसानलाई दिने भएको छ । यसरी हाटबजार बाट खसी बोका बिक्री हुदा किसान ठगिनबाट पनि बच्ने र गाउँ गाउँमा जानुपर्ने बाध्यता अन्त्य हुने गाउँपालिका अध्यक्ष जनक पुनले बताउनु भयो ।

रोल्पामा पहिलो पटक खसी बोका हाटबजार सञ्चालनमा आएको भन्दै यसलाई दिगो बनाउन गरिने सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा तत्पर रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाका प्रमुख डां.शंकर न्यौपानेको भनाई छ । हाटबजारलाई दिगो बनाउन निकै चुनौतिपुर्ण भए तापनि दिगो बनाउनको निम्ति भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र प्रतिबद्ध रहेको न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array