Ad image

११ बुदे घोषणापत्र जारी गर्दै पत्रकार महासंघ रोल्पाको ७ औं अधिवेशन सम्पन्न

मालश्री खवर
मालश्री खवर १६ बैशाख २०८१, आईतवार
9 Min Read
Aa

सुर्य प्रकाश बुढामगर /मालश्री खबर, बैशाख १६ रोल्पा 

११ बुदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ रोल्पाको ७ औं अधिवेशन तथा १३ औं साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको आयोजनामा आइतबार जिल्ला समन्वय समिति रोल्पाको सभाहल लिबाङ्मा सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रमको बिशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोख्रेल, जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमुख कर्मलाल परियार, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काशिराम डाँगी र प्रमुख जिल्ला अधिकार खिम बहादुर रायमाझी, रहनु थियोे ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले यो संसार निष्पक्षता भन्ने रहेको बताउदै अहिले हरेक क्षेत्र पक्षतामा चलेको बताउनु भएको छ।खोज पत्रकारिता गर्नुहोस् भनेर आफूले बारम्बार भन्दै आएको र खोज समाचार धेरैले पढ्ने भएकोले खोज अनुसन्धान गरेर समाचार लेख्नु अहिलेको समयको माग भएको बताउनु भएको छ ।

- Advertisement -
Ad image


नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोख्रेलले प्रेस स्वतन्त्रता र लोकतन्त्र स्थाप्ना गर्न पत्रकारको महत्त्वपूर्ण भूमिका खेलेको र रोल्पाले राजनीतिक पत्रकारितामा परिवर्तन गरेको समेत बताउनु भएको छ । अहिले लामो समयसम्म आफूहरू पत्रकार गर्दै आएको र पारिश्रमिक समेत नभएको र पारिश्रमिक र हक अधिकारको लागि नेपाल पत्रकार महासंघ सक्रिय रूपमा लागी परेको बताउनु भएको छ ।

जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमुख कर्मलाल परियारले रोल्पाको गाउँ ठाउँमा रहेका आवाज विहिनहरुको आवाज बन्नु पर्ने र पहिले पत्रकार रोल्पा धेरै कम भएको र अहिले जिल्ला पत्रकारको संख्या धेरै भएको बताउनु भएको छ।पत्रकारले सधै कलम तीखो बनाएर बस्ने र आफूहरूको राम्रो नराम्रो कामलाई लेख्ने र नराम्रो भएको खण्डमा आफूहरूलाई सजग बनाउने काम पनि पत्रकारको रहेको बताउनु भएको छ ।


नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काँशीराम डाँगीले निष्पक्ष,स्वतन्त्रता र आवाज बिहिनको आवाज बन्नुपर्ने र पत्रकार भित्र पक्ष विपक्ष भन्ने केही पनि नभएको बताउनु भएको छ ।


प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीले पछिल्लो समय रेडियो सुन्ने,पत्रीका पढ्ने संख्या कम भएको बताउनु भएको छ। साथै सरकारी कर्मचारीहरुले नीति नियम अनुसार काम गर्नुपर्ने भएकोले केही गलत भएको खण्डमा पत्रकारले पनि सूचना दिने र सेवा प्रवाहलाई आम नागरिक समक्ष पु¥याउन पत्रकारहरुको ठूलो जिम्मेवार हुने समेत बताउनु भएको छ ।


नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति कविता उपाध्यायले पत्रकारको कमल आमनागरिकको आवाजलाई राज्य सम्म जोड्ने काम भएको बताउदै,कलम निष्पक्ष,सन्तुलन र विश्वसनीयतामा रहेर काम गर्नुपर्ने बताउनु भएको छ ।


नेकपा एमाले रोल्पाका सचिव नेप बहादुर थापाले बर्ष बर्षमा चाडपर्व आउने र पत्रकारहरुको पर्व तीन बर्ष आउने भएकोले यो कार्यक्रम पत्रकारहरुको पर्व भएकोले पत्रकारहरुले विषयको गहिराईमा पुगेर काम गर्नुपर्ने बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र रोल्पाका सचिव पूर्ण बहादुर वलीले पहिले पत्रकार थोरै हुन्थे तर अहिले घरमै धेरै पत्रकार भएको र एक्कासियौं युग सूचना सञ्चारको युग भएकोले अहिले सामाजिक सञ्चालनमा नकारात्मक कुराको विकास भएको बताउनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाका संयोजक रमेश थापा क्षेत्रीले पत्रकार समाजको चौथो अंग भएकोले निष्पक्ष कलम चलाउने अधिकार पनि दिएकोले सत्य तथ्य रहेर काम गर्नुपर्ने बताउनु भएको छ ।

नेकपा एकीकृत समाजवादी रोल्पाका प्रतिनिधि नन्द प्रसाद आचार्यले पत्रकारले समाजको समस्या चामलमा ढुङ्गा र बियो नियालेको जसरी नियाल्नुपर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढा मगरले २० बर्ष देखि दुख संघर्ष गर्दै यहाँसम्म आउँदा अहिले आफ्नै भवन रहेको र अनवरत रूपमा बैठक,अधिवेशन गर्दै आएको बताउनु भएको छ ।


नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार महेश न्यौपानेले श्रमजीवी पत्रकारहरुको साँझा संस्था भएको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार मानसिङ विकले हिजो दिनमा धेरै दुख संघर्ष गर्दै यो स्थान सम्म महासंघ आएको र रोल्पाको समृद्धि,रोल्पाको विकास,सुशासनका लागि कलम चलाउदै आएको बताउनु भएको छ ।


बार एशोसेन रोल्पाका पूर्व अध्यक्ष जित विक्रम मल्लले कलम चलाउन कसैको दबाबले नरोक्न समेत आग्रह गर्नु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डिबी घर्ती मगरले महासंघमा सक्रिय पत्रकारहरुको संस्था भएकोले रोल्पामा पनि महासंघमा आवद्ध पत्रकारहरुले समाजमा भएको गतिविधिलाई कलमको माध्यमबाट सबैको सामु पु¥याउने काम गरेको बताउनु भएको छ ।

रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका कोषाध्यक्ष वसान्त आचार्यले पत्रकार सबैको साझा व्यक्ति भएको बताउनु भएको छ।

गैरसरकारी महासंघ रोल्पाका अध्यक्ष सुभद्रा रेग्मीले कलम चलाउने पत्रकारहरु भएकोले कसैले औठा उठाउने ठाउँ नभएको बताउनु भएको छ ।


कर्मचारी मिलन केन्द्र रोल्पाका अध्यक्ष रोबर्ट महराले खोज पत्रकारिता गर्नु अहिलेको आवश्यक रहेको बताउनु भएको छ ।


उपभोक्ता हित संरक्षण समिति लुम्बिनी प्रदेश सदस्य तिलचन्द्र आचार्यले पत्रकार महासंघ पत्रकारहरुको साँझा मञ्च भएको बताउनु भएको छ ।

समाजसेवी राजनीतिज्ञ कृष्ण बहादुर घर्ती मगरले २०८० सालमा राम्रो पक्ष नदेखिएको र २०८१ सालमा पनि राम्रो नहुने लक्षण देखिएको बताउनु भएको छ ।


प्रेस सेन्टर रोल्पाका अध्यक्ष देवी गुरुङले नयाँ कार्यसमितिमा काम गर्ने व्यक्तिहरु आउनुपर्ने बताउनु भएको छ ।


त्यस्तै कार्यक्रममा बोल्दै नागरिक दैनिकका पत्रकार दिनेश सुवेदीले पत्रकार महासंघमा सक्रिय क्रियाशिल व्यक्तिहरु आउनुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा रोल्पा जिल्लामा क्रियाशिल रूपमा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित सबै सुरक्षा निकायको र बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु समेत आतिथ्यता रहेको थियो ।


नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका उपाध्यक्ष खुवीना सुनारी मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सचिव लोकेन्द्र चन्दले गर्नु भएको थियोे ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रोल्पाको मिति २०८१ बैशाख १६ गते आइतबारका दिन लिबाङमा सम्पन्न ७ औं अधिवेशन तथा १३ औं साधारण सभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सुदृढ जिल्ला शाखा निर्माण र पत्रकारिताको थप विकास गर्ने नीति तथा कार्यक्रमलाई सर्वसम्मतिबाट पारित गर्दै ११ बुदे घोषणा पत्र समेत जारी गरिएको छ ।

१. नेपालपत्रकार महासंघ, जिल्लाशाखा रोल्पालाई क्रियाशीलपत्रकारको साझा संगठनको रुपमाविकास गर्न सदस्यताशुद्धिकरणमापदण्डलाई प्रभावकारी कार्यान्वयनगर्ने प्रणगर्दछ ।

२. विगतमापत्रकारिता गरेका र हालअन्य पेशामा रहेकालाई योगदानको कदर गर्दै स–सम्मानविदाइगर्ने कार्यलाई निरन्तरतादिने प्रणगर्दछ ।

३. नेपालको संविधान २०७२ ले प्रेस तथाअभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनित्यसपछिगठनभएकातीनवटै तहका सरकारले प्रेस तथाअभिव्यक्ति स्वतन्त्रताको संवैधानिकहकलाई पूर्णतःकार्यान्वयनमाल्याउनबनाउनु पर्ने सञ्चार सम्बद्धकानुनहरु प्रदेश र स्थानीयतहबाटअझै नबनेको प्रतिगम्भीर चासो र चिन्ताव्यक्तगर्दै बनाउनबाँकी रहेका सरकारलाईतत्कालबनाउनआग्रहगर्दछ ।

४. नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितता सहितको प्रेममैत्री सरकारको आमनागरिकको चाहना सुनिश्चितगर्न मागगर्दछ ।

५. सञ्चार माध्यमको दीगो र भरपर्दाे विकास र सञ्चालनकालागि समानुपातिकविज्ञापनप्रणालीलाई तत्काललागू गर्न मागगर्दै स्थानीय सरकार मातहतको निकायको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई र प्रदेश सरकार मातहतको निकायको विज्ञापनप्रदेश अन्तरगतका सञ्चार माध्यमलाई दिने गरी व्यवस्थागर्न सरकारको ध्यानाकर्षणगर्दछ ।

६. बढ्दो भ्रष्टाचार नियन्त्रण र सुशासनअभिबृद्धिकालागि स्थानीयहरुको क्षमताविकास गर्न विविधकार्यक्रम सञ्चालनगर्ने प्रणगर्नुका साथै सरकारलाई भ्रष्टाचार नियन्त्रण र सुशासनकायमगर्न गम्भीरताका साथलाग्नआग्रहगर्दछ ।

७. पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनकालागि स्थानीय सरकार, सरोकारवाला र निजी क्षेत्रसँग सहकार्य गरी विविधगतिविधि सञ्चालनगर्ने प्रणगर्दछ । साथै, प्रमुखपर्यटकीयगन्तव्यजलजलालाई केन्द्र बनाई समग्र जिल्लाको पर्यटन गुरु योजनानिर्माण गरी रोल्पाको पर्यटनविकासमा टेवा पु¥याउन सरोकारवाला सबैलाई आग्रहगर्दछ ।

८. बालविवाह, आत्महत्या, सम्बन्धविच्छेद र दुव्र्यसनीबढिरहेकाले त्यसको न्यूनीकरण र अन्त्यकालागिप्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला सबैको गम्भीर ध्यानाकर्षणगर्दछ ।

९. श्रमजीवीपत्रकार ऐन प्रभावकारी कार्यान्वयनकालागिजिल्लामा सञ्चालित सञ्चार माध्यम र रोल्पाबाटकार्यरत पत्रकार सम्बद्ध सबै सञ्चार माध्यमको ध्यानाकर्षणगर्दछ ।

१०. रु. ५ लाख राशीको राहतकोष स्थापना गरी विपद्मा परेकापत्रकार र सञ्चार माध्यमलाई सहयोग गर्न प्रतिबद्धतागर्दछ ।

११. नेपालपत्रकार महासंघ, जिल्लाशाखा रोल्पाले आयोजना गरेको महासंघको सातौं अधिवेशनतथा तेह्रौं साधारणसभाको प्रमुखअतिथि, विशिष्टअतिथि,अतिथि, आमन्त्रितपाहुना र प्रतिनिधिपार्षद् सबैलाई धन्यवादज्ञापनगर्दछ ।

घोषणा पत्र मस्यौदाकार समितीमा नेपाल पत्रकार महासंघ रोल्पाका पुर्ब अध्यक्ष खेमबहादुर बुढाको संयोजक नेपाल पत्रकार महासंघ रोल्पाका निबर्तमान अध्यक्ष तथा सल्लाहकार महेश न्यौपाने र नेपाल पत्रकार महासंघको पुर्ब सहसचिव दीपेश विष्ट सदस्य रहेको एक समितीले घोषणा पत्रको मस्यौदा तयार पारेको थियो ।

                        

प्रतिक्रिया दिनुहोस्

Array