Ad image

लेखक संघ रोल्पाले अन्तरक्रिया कार्यक्रम गरी मनायो दोस्रो लेखक दिवस

मालश्री खवर
मालश्री खवर १७ बैशाख २०८१, सोमबार
2 Min Read
Aa

मालश्री खबर, वैशाख १७ गते रोल्पा

नेपाली लेखक सङ्घ रोल्पा शाखाले दोस्रो राष्ट्रिय लेखक दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । गत वर्षदेखि बैशाख १६ लाई सङ्घले लेखक दिवसको रूपमा मनाउँदै आएकोे हो ।

सदरमुकाम लिबाङस्थित सुशील कोइराला स्मृति भवनमा आयोजित कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले गर्नुभएको थियो ।

पूर्वसांसद लेखनाथ आचार्यको प्रमुख आतिथ्यताामा भएको कार्यक्रममा नेपाली लेखक संङ्घका केन्द्रीय कोषाध्यक्ष दामु मर्सिफुलले राष्ट्रिय लेखक दिवसको सन्दर्भका बारेमा चर्चा गर्नुभएको थियो ।

- Advertisement -
Ad image

यसैगरी पूर्व केन्द्रीय सदस्य मोहन सहयात्री परियारले नेपाली काँग्रेसमा समावेशी अभ्यासको बारेमा खोजमूलक प्रस्तुति गर्नुभएको थियोे । कार्यक्रममा प्रजातान्त्रिक समाजवाद, सिद्धान्त र व्यवहार विषयमा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमका प्रमुख वक्ताका रूपमा पूर्व सभापति द्वय माधवप्रसाद आचार्य र कृष्णबहादुर घर्तीमगर हुनुहुन्थ्यो भने नेपाली काँग्रेस रोल्पाका कार्यवाहक सभापति कविता उपाध्यायले मन्तव्य राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा पूर्व उपसभापति एवम् पूर्व प्रवक्ता जितविक्रम मल्ल र पूर्व उपसभापति ईन्द्रबहादुर खत्रीले अन्तरक्रियाको विषवस्तुमाथि आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी सचिव शेर बहादुर थापा, नगर सभापति चन्द्रप्रकाश आचार्य, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष इन्दिरा आचार्य, सङ्घका सल्लाहकारद्वय डीबी टुहुरो र ओम पंछी, दलित संघ रोल्पाका अध्यक्ष हिरालाल नेपाली, तरूण दलका लिलाधर आचार्य, प्राध्यापक संघका विनोद आचार्य, शाखा सचिव रेखा नेपाली, जूनकीरी सञ्चार साप्ताहिककी प्रतिनिधि चन्द्रमा वली, ज्योतिष निश्चल आचार्य, कार्यालय सचिव भिमबहादुर बुढा लगायतको उपस्थिति थियो ।

मोहन सहयात्रीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको समग्र समीक्षा जलजला बहुमुखी क्याम्पसका उपप्राध्यापक कमलकुमार खड्काले गर्नुभएको थियो भने शाखाका उपाध्यक्ष गोकर्णप्रसाद पुनले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array