Ad image

नेपाल विद्यार्थी संघ रोल्पाको नियमित बैठक सम्पन्न

मालश्री खवर
मालश्री खवर १६ बैशाख २०८१, आईतवार
2 Min Read
Aa

मालश्री खबर, बैशाख १६ रोल्पा ।

नेपाल विद्यार्थी संघ रोल्पाको नियमित बैठक सम्पन्न भएको छ । शनिबार नेपाल विद्यार्थी संघ रोल्पाका सभापति योगेन्द्र अनुपम जिसीको सभापतित्वमा नियमित बैठक बसेको हो ।

सुशील कोइराला स्मृति भवन लिबाङ्मा बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ । जसमा रोल्पाका विभिन्न भूगोलमा आगलागीबाट भएको ठूलो धनजनको क्षतिप्रति नेपाल विद्यार्थी संघ रोल्पाले दुख व्यक्त गरेको छ । पीडितहरुलाई राहत,उद्दार र पुनस्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल सरकार, गैरसरकारी संस्था र सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध समेत गरेको छ।

अति प्रभावित विद्यार्थीलाई सहयोग गर्न आर्थिक कोष खडा गर्ने,कोषमा नेविसंघ रोल्पाका जिल्ला सदस्यहरु र अन्य सहयोगीहरुबाट सहयोग जुटाई आवश्यक सहयोग गर्ने निर्णय गरिएको छ । आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिन दीप प्रज्ज्वलन र माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरी गणतन्त्र दिवस मनाउने निर्णय गरिएको नेपाल विद्यार्थी संघ रोल्पाका प्रवक्ता योगेश कवरद्वारा हस्ताक्षर पेस नोटमा जानकारी गराइएको छ ।

- Advertisement -
Ad image

एक हप्ता भित्र नेविसंघ जिल्ला कार्यसमितिको पदाधिकारी मनोनयन गर्ने । संगठन विस्तारका लागि जिम्मेवार पाएका साथीहरूले २०८१ अषाद ३० गतेभित्र आफूले जिम्मेवारी पाएको पालिकाका माविहरुमा संगठन विस्तार गर्ने निर्णय समेत गरिएको छ । आगामी जेठ १३ र १४ गते नेविसंघका साथीहरूको लागि सीप विकास प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरिएको नेपाल विद्यार्थी संघ रोल्पाका प्रेस सल्लाहकार सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array