Ad image

रोल्पामा अत्यधिक रक्तश्राव भएकी महिलाको हवाई उद्दार

मालश्री खवर
मालश्री खवर १७ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

मालश्री खबर, वैशाख १७ गते रोल्पा

रोल्पामा मिस्क्यारेज पस्चात अत्यधिक रक्तश्राव भएकी महिलाको हवाई उद्दार गरिएको छ । रोल्पा नगरपालिका ४ कि ३० बर्षिय महिलाको आज उद्दार गरिएको हो ।

बिरामीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार सेवा गरिएको हो ।

भैरहवा अस्पतालमा मिस्क्यारेज भइ उपचार गरी घर फकिनुभएपछी उहालाई अत्यधिक रक्तश्राव भएपछि रोल्पा अस्पताल रेउघामा वैशाख १३ गते उपचारको लागि जानुभएको थियो ।

- Advertisement -
Ad image

उपचार पश्च्यात घर फर्किए पछी फेरी आज सोमबार रक्तश्राव नरोकिएपछी पुनः विरामी उपचारको लागि रोल्पा अस्पतालमा जानुभयो । विरामीलाई थप समस्या हुन सक्ने जटिलताको पुर्वअनुमान गर्दै रोल्पा अस्पतालले बिरामी लाई हेलि लिफ्टको प्रक्रिया अगाडि बढायो ।

रोल्पा अस्पतालका मे सु र प्रमुख जिल्ला अधिकारी लगायतको टिमको तत्काल सक्रियतामा हेलिकप्टर मार्फत बिरामीलाई थप उपचारका लागि सुर्खेत अस्पताल पठाइएको छ ।

विरामीको साथमा अस्पतालकी नर्सिङ अधिकृत पनि गएको र सुर्खेत अस्पतालमा पुगेर उपचार भइरहेको रोल्पा अस्पताल रेउघाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर लोकरत्ना ज्ञवालीले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्दार सेवा नेपाल सरकारको निशुल्क कार्यक्रम हो । जसमा नेपाली सेनाको हेलिकप्टर मार्फत हवाई उद्दार सेवा गरिन्छ । सो सुबिधा रोल्पा जिल्ला लगाएत अन्य दुर्गम स्थान मा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

Array