Ad image

एमाले रोल्पा नगरपालिकाको अध्यक्षमा बालाराम डाँगी चयन

मालश्री खवर
मालश्री खवर १८ बैशाख २०८१, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, वैशाख १८ गते रोल्पा

नेपाल कम्युनिष्ट पार्टी रोल्पा नगरपालिकाको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । मंगलबार रोल्पाको लिबाङमा प्रतिनिधि सभा सदस्य ईश्वरी जि।एम। को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

दोस्रो नगर अधिवेशनले बालाराम डाँगीको अध्यक्षतामा २५ सदसीय नगर कार्यसमिति गठन गरेको छ । जस्को उपाध्यक्षमा चित्रबहादुर परियार, सचिवमाकमल घर्तिमगर, उपसचिवमा ऋषिराम पोख्रेल चयन हुनभएको नेकपा एमाले रोल्पाका जिल्ला सचिव नेपबहादुर थापाले जानकारी दिनुभयो ।

नेकपा एमाले रोल्पाले जिल्लाको अधिवेशन लगतै स्थानिय तहमा अधिवेशन गरिरहेको छ । सुनिलस्मृति, थबाङ, सुनछहरी गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेका र बाकी स्थानीय तहमा अधिवेशन हुन बाकी रहेको नेकपा एमाले रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array