Ad image

नेपाल तरुण दल रोल्पाको पालिका सम्मेलन स्थगित

मालश्री खवर
मालश्री खवर १६ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

मालश्री खबर, बैशाख १६ रोल्पा ।

नेपाल तरुण दल जिल्ला कार्यसमिति रोल्पाले १० वटै स्थानीय तहको पालिका सम्मेलन स्थगित गरेको छ । नेपालमा अधिराज्य भर हाल ५० वटा जिल्लामा वनमा डढेलो लागिरहेको कारणले पालिका सम्मेलन स्थगित गरिएको बताईएको छ ।

उक्त डढेलोले गर्दा प्राकृतिक प्रकोप तथा विभिन्न दैविक प्रकोपहरुको उच्च जोखिम बढिरहेको र धुलो धुवाँले गर्दा वातावरणलाई प्रत्यक्ष असर तथा प्रदुषण बढिरहेको हुनाले सम्पुर्ण आम नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ सर्तकता अपनाउनु हुन हार्दिक अनुरोध गरिएको छ ।

गंगादेव गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अमृत बहादुर बुढामगरका छोरी वर्ष २१ की समिक्षा बुढामगरको एक्कासी हृदयघात भएर शुक्रबार मृत्यु भएको खबरले मृतक प्रती भाबपुण श्रद्धाञ्जली अर्पण समेत नेपाल तरुण रोल्पाले व्यक्त गरेको छ । १० वटै स्थानीय तहको विभिन्न मिति र समयमा हुने भनिएको पालिका सम्मेलन अर्को सूचना जारी नगरे सम्म सम्पुर्ण पालिका सम्मेलन स्थगित गरिएको नेपाल तरुण दल जिल्ला कार्यसमिति रोल्पाका प्रवक्ता मनोज घर्ती मगरले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array