Ad image

रोल्पामा मोटरसाइकल दुर्घटना, एक गम्भिर घाइते

मालश्री खबर
मालश्री खबर ३० बैशाख २०८०, शनिबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर वैशाख ३० गते, रोल्पा ।
रोल्पा नगरपालिका २ कालो पाहिरा नजिकै मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परी रोल्पा नगरपालिका वडा नम्बर ६ कोटगाँउका मोटरसाइकल चालक उमेश वाँठामगर गम्भिर घाइते भएकोे जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । वाँठालाई उपचारको लागि रोल्पा अस्पताल रेउघा रोल्पामा लगिएको छ ।

मोटरसाइकलमा सवार अर्का रोल्पा नगरपालिका वडा नम्बर ७ माडिचौरका गौतम पुनको अवस्था भने सामान्य रहेको बताईएको छ । शनिबार आज साँझ ६ बजेर ४० मिनेटमा मोटरसाइकल दुर्घटना भएको हो ।

सदरमुकाम लिवाङबाट माडिचौर तर्फ गईरहेको रा २ प ८८५२ नम्बरको डिस्कभर मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको रोल्पा प्रहरी प्रमुख डिएसपी श्याककुमार शारुमगरले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array