Ad image

पाङका अग्नि पीडित परिवारलाई आईएनएफद्वारा राहत सामाग्री हस्तान्तरण

मालश्री खवर
मालश्री खवर १५ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

भरत विश्वकर्मा/ वैशाख १५ गते रोल्पा ।

पाङका अग्नि पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । ट्रान्सफोर्म एइडको आर्थिक सहयोगमा इन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) रोल्पाले रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर १ पाङ रिरिपका अग्नी पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको हो ।

लुङ्ग्री गाउँपालिका वडा नम्बर १ पाङ मनिकोट रिडि भञ्जयाङ स्थित सामुदायिक वनमा लागेको आगो रिरिप भन्ने बस्तीमा पस्दा बस्तीका ८ घर र १० गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो ।

सोही घटनाका पीडित परिवारलाई (आज) शनिवार लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा वडा नम्बर १ पाङका वडा अध्यक्ष गणेश पुन लगाएतको उपस्थितिमा अग्नि पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको आएनएफ रोल्पा शाखाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

सामुदायिक वनमा लागेको आगो बस्ती बस्दा बस्ती जलेर नष्ट भएका परिवारलाई आइएनएफ रोल्पाले ६० हजार रकम बराबरको खाद्यान्न लगाएतका दैनिक उपभोग्य सामाग्रीहरू प्रदान गरिएको इन्टरनेशनल नेपाल फेलोशिप रोल्पाका सव-इन्जिनियर गोविन्द प्रसाद रिजाले जानकारी दिनुभयो । साथै संस्थाले आगलागी हुने बित्तिकै अग्नि पीडित परिवारलाई करिब ३२ हजार रुपैँया बराबरको त्रिपाल र कम्मल समेत प्रदान गरेको थियो ।

 

आगलागीबाट क्षति भएका परिवारलाई विभिन्न संघसंस्थाबाट विभिन्न समयमा राहत वितरण कार्य भैरहेको छ । गाउँपालिकासँगको समन्वयमा अग्नि पीडित परिवारलाई राहत सामाग्री वितरण कार्य भैरहेको गाउँपालिका अध्यक्ष भरत कुमार थापाले बताउनु भयो । अन्नी पीडित परिवार अहिले त्रिपाल मुनि बसिरहका छन् । अन्नी पीडित परिवारको आवास निर्माणको लागि गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष खाता खोली सहयोग जम्मा गरिरहेको अध्यक्ष थापाले बताउनु भयो  । साथै उहाँले आगलागीबाट पूर्ण रूपमा घरगोठ जलेर नष्ट भएका परिवारको आवास निर्माणको लागि गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्न आग्रह गर्नुभयो ।

ट्रान्सफोर्म एइडको आर्थिक सहयोगमा इन्टरनेशनल नेपाल फेलोशिप रोल्पाले सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर २ खुग्रीको तिमिलेमा सामुदायिक वनमा लागेको आगो बस्ती पस्दा क्षति भएको परिवारलाई समेत शुक्रवार राहत सामाग्री हस्तान्तरण गरेको थियो । उक्त क्षेत्रमा सामुदायिक वनमा लागेको आगो बस्ती पस्दा २ घर र ३ गोठ जलेर नष्ट भएको थियो । उक्त अग्नि प्रभावित परिवारलाई २३ हजार रकम बराबरको खाद्यान्न राहत सामाग्री प्रदान गरेको आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array