Ad image

रोल्पाको कुर्जामा अस्थायी प्रहरी पोष्ट स्थापना

मालश्री खवर
मालश्री खवर १६ बैशाख २०८१, आईतवार
2 Min Read
Aa

कमल खड््का,
मालश्री खबर, बैशाख १६ रोल्पा ।

रोल्पाको रुन्टीगढी गाउँपालिकाको कुर्जामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । शनिबार एक कार्यक्रमका बीच अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिएको हो ।

रोल्पाको रुन्टीगढी गाउँपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका जोड्ने बिजौरी देखि होलेरी सम्म सडक सञ्चालन भएको लामो समय भइ सक्दा समेत यो सडकको कुनै पनि ठाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना हुन सकेको थिएन । उक्त सडकको कुनै पनि ठाउँमा अस्थायी प्रहरी पोष्ट नहुदा सुरक्षा व्यवस्थामा निकै कमजोर हुदै आएको थियो ।

यो सडक चुरे पहाडको बिच भागको खोजबाट जोडिएको हुदा सुरक्षाको हिसाबले निकै दैनिय देखिन्थ्यो । वरिपरि डाडा काँडा खोजमा गुहार खोली खोला किनारमा नाग बेली सड्क बिच बिचमा अनकन्टार भुभाग कतै घना जङगल रहेको ठाउँमा प्रहरी पोष्ट भने रहेको थिएन । प्रहरी पोष्ट नहुदा जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता यात्रीहरुको थियो । यस स्थानमा प्रहरी पोष्ट नहुदा भने कतै अप्रिय घटना घटे पनि विवरण आउन निकै समय लाग्ने गर्दथ्यो । यसै कुरालाई मध्यनजर गरेर बिभिन्न समयमा रुन्टीगढी गाउँपालिका ८ कुर्जा भन्ने स्थानमा प्रहरी पोष्ट राख्न ताकेता गर्दै आइ रहे पनि स्थापना हुन सकेको थिएन ।

- Advertisement -
Ad image

यसै क्रममा उक्त स्थानमा प्रहरी पोष्ट राख्न रुन्टीगढी गाउँपालिकाले कार्यपालिका बैठकमा पोष्ट स्थापना गर्न कार्यपालिकामै प्रस्ताब अघि बढाएको थियो । कार्यपालिकाबाट पोष्ट स्थापना गर्नको लागि बैठक बसी निर्णय पारित भएको थियो । गाउँपालिका अध्यक्ष जनक पुनको अध्यक्षता तथा रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीको प्रमुख आतिथ्यता, सुरक्षा निकायका प्रमुख तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाका जन प्रतिनिधि,समाजसेवी ,प्रत्रकार, स्थानिय लगाएतको उपस्थितिमा उद्घाटन भएको गरिएको बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array