Ad image

बाल विवाह र लैगिंक हिंसा विरुद्ध ‘जुना’ प्रदर्शन तथा अभिमुखिकरण

मालश्री खवर
मालश्री खवर १६ बैशाख २०८१, आईतवार
2 Min Read
Aa

हिमाली खड्का

मालश्री खबर, वैशाख १६ गते रोल्पा

बाल विवाह, बहु–विवाह, बालश्रमिक शोषण, बाल यौन शोषण र लैगिंक हिंसा विरुद्ध डकुमेन्ट्री चलचित्र ‘जुना’ प्रदर्शन तथा अभिमुखिकरण गरिएको छ ।

गंगादेव गाउँपालिकाको आयोजनामा आज शनिबार एक कार्यक्रमका विच सिद्धार्थ माद्यामिक विद्यालय घाप्टेओढार विरेन्द्र माद्यामिक विद्यालय नाउलीमा चलचित्र “जुना’’ पदर्शन तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । महिला हिंसा र वालबिवाह निरुत्साहित गर्ने उद्धेश्यले निर्माण गरिएको सामाजिक चलचित्र “जुना’’ पर्दशन गरिएको हो । चलचित्रमा बाल विवाहको असर नारीहरुको व्यथा सन्देश दिएको थियो ।

- Advertisement -
Ad image

गंगादेव गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत तुलाधर शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनुभएको थियो भने विशिष्ट अतिथिमा उपाध्यक्ष अमृता कुमारी केसी रहनु भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सघं, शिक्षक, कक्षा ९ देखि १२ सम्मका विद्यार्थी, वडा भित्रका महिला आमा समुह, राजनैतिकदलका प्रमुख तथा प्रतिनिधिहरु सहभागिता रहेको थियो । “जुना’’ सबै बालवालिका तथा अभिभावकहरुले हेर्नै पर्ने डकुमेन्ट्री भएको कार्यक्रमका उपस्थीत सहभागीहरुले बताएका थिए ।

चलचित्र हेरिसके पश्चात गंगादेव गाउँपालिका अध्यक्ष र उपाध्यक्षले जुन चलचित्र निर्माता टिम लाई धन्यवाद दिदै यो चलचित्रले विद्यार्थी तथा अभिभावकलाई सचेत बनाउने विश्वास लिएको बताउनु भयो । चलचित्रका निर्माता जिवन सेन्चुरीले यो चलचित्रले बालबालिका हरुमा व्यवाहारीक ज्ञान दिन सहयोग पुग्ने बताउनु भयो ।

डकुमेन्ट्री चलचित्र “जुना’’ प्रदर्शन तथा अभिमुखिकरण कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका तिलकराज वलीले गर्नुभएको थियो ।भोलीे सरस्वती मावि म्वालेखोला, जनता आवि सुपाटोट्के र नेरा मावि सिमखोला, १७ गते वुद्धि विकास मावि, रातामाटा र सरस्वती मावि बल्लेपोखरीमा अन्तरक्रिय संचालन हुने भएको छ । त्यसैगरी १८ गते जिवनज्योती मावि देवलटाकुरा र पृथ्वीनारायण मावि जायचौर र १९ गते राष्ट्रिय मावि ओत र गंगा मावि चौताराडाडामा सचालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array