Ad image

ईलाका प्रहरी कार्यालय खुंग्रीको नवनिर्मित भवनको उद्घाटन

मालश्री खबर
मालश्री खबर १५ बैशाख २०८०, शुक्रबार
7 Min Read
Aa

मालश्री खबर बैशाख १५ गते, रोल्पा ।
ईलाका प्रहरी कार्यालय सुनिलस्मृती गाँउपालिका वडा न. २ खुंग्रीको नवनिर्मित भवनको आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ । ईलाका प्रहरी कार्यालय खुंग्रीको नवनिर्मित आधुनिक भवनको शुक्रबार एक समरोहका बीच लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले पानसमा बट्टी बालेर र रिवन काटेर उद्धघाटन गर्नु भएको छ ।


तत्कालिन सुनिलस्मृती गाँउपालिका अध्यक्ष गुणेन्द्र घर्तिमगरको बिशेष पहलमा र वडा न. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरी तथा स्थानिय बासिहरुको अग्रसरमा गाँउपालिकाले जग्गा खरिद गरेर भवन निमार्णको लागी प्रहरीलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । नबनिर्मित लुम्बिनी प्रदेश सरकारको २ करोड ३० लाख ७१ हजार ७ सय ५९ रुपैया लागतमा भबन निमार्ण भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । २०७८ साल बैशाख ७ गते प्रकृति रिभिट जेबि रुपन्देही सँग निमार्णको सम्झौता भएको थियो ।
निमार्ण कम्पनीले सम्झौता भएको एक बर्ष भित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि कोरोना भाइरस काभिड-१९ का कारणले ६ महिना म्याद थप गरि कार्य सम्पन्न भएको निमार्ण जे.भी.का प्रतिनिधी संग्राम चन्दले जानकारी दिनु भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनु भएका लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महा निरीक्षक उमेशराज जोशीे यो भवन गाउँपालिका लगाएत सम्पुर्ण जनताको सम्पति भएको बताउनु भएको छ । यसको संरक्षणमा पनि जनता, प्रहरी र सबैको उत्तिकै भुमिका रहने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षक जोशीले जनता र प्रहरी बिचमा सधै नङ र मासुको सम्बन्ध रहेने बताउनु भयो । कुनै समय जनतालाई प्रहरी मन नपर्न सक्छ कुनै बेला हामी प्रहरीबाट पनि नराम्रो काम भएको हुनसक्छ जे भएता पनि प्रहरी सधै जनताकै साथमा हुने कुुरा बताउनु भयो । भवन निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥यानु सबैलाई धन्यावाद समेत प्रकट गर्नु भएको छ । बर्तमान समयमा परम्परागत अपराध भन्दा पनि कम्प्युटर, मोबाईल प्रयोग गरि नेट, इन्टरनेटको माध्यमबाट हुने अपराध दैनिक बढिरहेको बताउनु भयो ।
प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीे यस्तो उपराध बाट बच्न र सजक हुन सबैलाई आग्रह पनि गर्नु भएको छ । अहिलेको बर्तमान अवस्थामा सबै भन्दा धेरै घट्ने घटना आत्महत्या लागु पदार्थ र्दुव्यशन अधिक मात्रा भएको बताउनु भएको छ । यसको अन्त्य प्रहरीले मात्रै गर्न नसक्ने भएको हुनाले सबै सचेत नागरिकहरु लाग्नु पर्ने बताउनु भएको छ । समाजमा हुने चोरी, ठगी लगाएतका अपराधिक क्रियाकलाप आफ्नै चिनेजानेका बाटै बढी हुने गरेका प्रहरीको हालको अनुसन्धानले बताउने गरेको पनि बताउनु भएको छ । घर बाट कटै निस्कदा सक्भर साजिक सञ्जालमा जानकारी नगराएर निस्कन सबैलाई सुझाब समेत दिनु भएको छ । बाहीरी आबरण लाई हरेर भन्दा पनि आफ्नो क्षमतामा आधारित भएर कार्य गर्न सम्पुर्णलाई सुझाब दिनुभएको थियो । नियम कानुुन सर्बसाधरण जनताले भन्दा पनि ठुुलाबढा मानिसहरु बाट नै उल्लङ्घन गरिरहेको बताउदै भवन निर्माणका लागी विभिन्न तवरतरिका बाट सहयोग गर्ने सबैलाइ धन्यवाद प्रकट गर्नु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमका बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले नवनिर्मित भवनको क्षेत्रमा घेराबार, पानी लगाएतको समस्या रहेको बताउदै यस्तो समस्या हुन नदिको लागी सबैले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु पर्ने बताउनु भएको छ ।
यस्तो समस्याको समाधानको लागी जिल्ला प्रहरी कार्यालय र गाउँपालिकाले अलि बढी ध्यान पुर्याउन आग्रह गर्नुभएको छ । साथै भवन सम्म आउने सडक बाटो लाई व्यवस्थित गर्न समेत आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले यसको लागी कँही कटै सहजिकरण गर्नु पर्ने अवस्था आएमा आफुले सहयोग र सहजिकरण गर्न तयार रहेको बताउनु भएको छ ।

त्यस्तै कार्यक्रमका अर्का बिशिष्ट अतिर्थि सुनिलस्मृति गाउँपालिका निबर्तमान अध्यक्ष गुणेन्द्र घर्तिले यो भवनले रोल्पाली जनताको विकास, समृद्धि र सुरक्षाका लागी महत्वपुर्ण हुने बताउनु भयो । भवन निर्माणको निम्ति आफुले तत्कालिन समयमा धेरै ठुलो संघर्ष गरेको स्मरण गर्दै यो एउटा समग्र रोल्पाको प्रवेशद्धार भएकोले रोल्पाको सुशासन, विकास सुरक्षाको सन्देश दिन सुरक्षित भवनको अति आवश्यक भएको बताउनु भएको थियो । स्थानिय सरकारले उक्त भवन निर्माणका लागी जग्गा उपलब्ध गराउनमा अत्याधिक महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको थियो । भवन निर्माण हुनु अत्यन्तै खुसीको कुरा भएको बताउदै प्रतिबेदनमा स्थानिय तहले भनब निमार्णको लागी खेलेको भुमिकालाई उल्लेख नगरिदिएको दुःख समेत व्यक्त गर्नु भएको थियो । यो रोल्पाको प्रवेशद्धार भएकोले विभिन्न दृष्टिले भित्रिने र बाहिरिने भएकोले रोल्पाको समग्र सुरक्षाको दृष्टिले प्रहरीले कार्य गर्न शुभकामना व्यक्त गर्नुभएको थियो ।

सुनिलस्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकी को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसालले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मनतव्य ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख प्रहरी निरिक्षक ओम प्रकाश वाग्लेले राख्नु भएको थियो । उद्धघाटन कार्यक्रममा सुनिलस्मृती गाँउपालिका उपाध्यक्ष मिना थापा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कृष्ण प्रसाई, बटुकदल गण रोल्पाका गणपति प्रमुख सेनानी मणिराम थापा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख श्यामकुमार सारुमगर, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सुबास खड्का, ससत्र प्रहरी बल रोल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक भरत कुमार बिसी, रोल्पा जिल्ला प्रमुख अनुसन्धान अधिकृत कुशल थापा, नेपाली कांगेस रोल्पाका सहसचिव गञ्ज बहादुर क्षेत्री, सुनिलस्मृती गाँउपालिका प्रमुख प्रसासकिय अधिकृत दिनेश पौडेल, सुनिलस्मृती गाँएपालिका वडा न. १ का वडा अध्यक्ष पवन कवर, वडा न. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरी, माडी लुङ्ग्री कोरिडोर सिँचाई आयोजना खुंग्रीका प्रमुख इन्जिनियर मदन साह, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, पुर्ब प्रहरी संगठन रोल्पाका अध्यक्ष तेजराज भण्डारी, रुडास नेपाल रोल्पाका जिल्ला संयोजक बिनोद रिजाल, भबन निमार्ण जिम्मा पाएको रिभिट जे.भी.का प्रतिनिधी संग्राम चन्द, लगाएको आतिथ्यता रहेको थियो । कार्यक्रममा जग्गा प्रदान गरेको भन्दै सुनिलस्मृती गाँउपालिकालाई र समयमा राम्रा भबन निमार्णको काम सम्पन्न गरेको भन्दै रिभिट निमार्ण जे.भी.लाई जिल्ला प्रहरी कार्यालय रोल्पाले प्रसंसा पत्रद्धारा सम्मान समेत गरेको थियो ।

    

प्रतिक्रिया दिनुहोस्

Array