Ad image

सुनिलस्मृती गाउँपालिकाले ग¥यो आगामी नीति तथा बजेत कार्यक्रम तर्जुमा सम्बन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया

मालश्री खबर
मालश्री खबर ११ बैशाख २०८०, सोमबार
5 Min Read
Aa

बालिका सुबेदी / मालश्री खबर बैशाख ११ गते, रोल्पा ।
सुनिलस्मृती गाउँपालिका रोल्पाले आगामी आर्थिक बर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम बार्षिक बिकास योजना र बजेट तर्जुमा सम्बन्धि सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सुलिचौरमा सम्पन्न गरेको छ । जनअपेक्षा पुरा गर्ने हाम्रो संकल्प, दिगो विकास र सुशासन मात्र बिकल्प भन्ने मुल नाराको साथमा सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सुलिचौरमा सम्पन्न गरेको सुनिल स्मृती गाँउपालिकाले जानकारी दिएको छ ।

सुनिलस्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका उपाध्यक्ष, गाँउपालिका भित्रका सबै वडा अध्यक्षहरु, प्रमुख प्रसासकिय अधिकृत, गाँउकार्यपालिका सदस्यहरु, जिल्लामा क्रियाशिल बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार, गाँउपालिका भित्र रहेका बिभिन्न शाखाका प्रमुखहरु, गाँउपालिका भित्र रहेका बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, शिक्षक, बुद्धिजिबी, कर्मचारी, नागरिक अगुवा समाजसेवी लगाएतको कार्यक्रममा सहभागिता रहको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा वडा न. ५ का नरेश थापा, वडा न. ६ का जुपिटर कंवर, वडा न.३ धिरेन्द्र घर्ति, वडा न.२ बसन्त सुबेदी, वडा न. ६ कोमल चन्द, वडा न. ४ मिलन रोकामगर, वडा न. ४ अमृत घर्तिक्षेत्री, वडा न. १ केशबराज पोख्रेल, वडा न. २ नन्दु गिरी, वडा न. ६ बासुदेव सुबेदी, वडा न. ६ तोराराम थापा, वडा न. ४ रुपलाल महरा, वडा न. ६ देव बहादुर बिष्ट, वडा न. ५ दिलिपकुमार थापा, वडा न. ५ बिरेन्द्र पुन, वडा न. ७ टोप बहादुर रोका, वडा न. ७ दलबहादुर थापा, वडा न. ५ का निबर्तमान वडा अध्यक्ष नमराज थापा, वडा न. ६ मिना सेन, वडा न. ५ दोर्ण थापा बिजय, वडा न. ७ रबिलाल थापा, पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, पुर्ब अध्यक्ष खेम बहादुर बुढामगर लगाएतले सुझाब दिएका थिए ।

सुझाव दिने क्रममा बोल्ने अधिकांस व्यतिहरुले अव स्थानिय सरकारले प्रत्यक्ष देखिने र जनताले महशुस गर्ने खालको निति तथा कार्यक्रम ल्याउन र त्यहि अनुसार बजेट तर्जुमा गर्नको लागी सुझाव दिएको थिए । जनताको स्थानिय सरकार सँग धेरै ठुलो अपेक्षा नभएको समेत बताएको थिए । जनताको सामान्य समस्याहरु शिक्षा, स्वास्थ्य, कृर्षि, खानेपानी, बिधुत, यातायात पुर्वाधार विकास सँग जोडिएका कुराहरुमा सामाधान गर्न सके पनि स्थानिय सरकोरको ठुलो उपलब्धी हुने बताएका थिए । यसरी बजेट तर्जुमा गर्नु पुर्ब आफुहरुलाईृ पनि सल्लाह सुझाब दिने अवसर दिएकोमा गाँउपालिकालाई धन्यवाद समेत दिएका थिए ।

- Advertisement -
Ad image


सरोकारवालासंग अन्तरक्रिया कार्यक्रममा उठेका प्रशनहरुको जिज्ञसा मेटाउने क्रममा सुनिलस्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिले सुनिलस्मृती गाँउपालिकाले जहिले पनि केहि नँया गर्न खोजेको बताउदै, यो अन्तरक्रिया कार्यक्रम पनि केहि नँया तरिका बाट गर्न खोजेको बताउनु भएको छ । स्थानिय सरकारको उदेश्य पनि जनताले प्रत्यक्ष प्रत्याभुति गर्ने खालको आगामी निति र कार्यक्रम ल्याउने पनि बताउनु भएको छ । जनताको माग र इच्छा चाहना अनुसार नै प्रत्यक्ष जनता सँग जोडिएका बिषयहरु शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, बिधुत, सडग पुर्वाधार विकास आदिको बिषयमा स्थानिय सरकार गम्भिर भएर लाग्ने समेत प्रतिबद्धता जनाउनु भएको छ । जनताको बिचमा स्थानिय सरकार बेलाबेलामा गएर बास्तबिक नागरिकहरुको समस्याहरु पहिचान गर्ने र जनताका हरेक समस्या सँग नजिक भएर काम गर्ने पनि अध्यक्ष बुढाथोकिले बताउनु भएको छ । अन्तरक्रिया कार्यक्रममा उठेमा अधिकांस सुझाबहरुलाई आगामी बजेत निमार्ण गर्दा स्थानिय सरकारको निति तथा कार्यक्रममा समेतेर जाने पनि प्रतिबद्धता जनाउनु भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा सक्रिय रुपमा सहभागिता जनाएकोमा र महत्वपुर्ण सल्लाह सुझाब दिएकोमा सबैलाई धन्यवाद दिनु भएको छ ।


त्यस्तै कार्यक्रममा बोल्दै गाँउपालिका उपाध्यक्ष मिना थापाले सबैको राय सुझाव लिउनको लागी आफुहरुले आगामी आर्थिक बर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम बार्षिक बिकास योजना र बजेट तर्जुमा सम्बन्धि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरेको बताउनु भएको छ । यस्तो कार्यक्रमको आयोजना पछि आफुहरु थप जनमुखि र सेवा ग्राहिमुखि बन्नको लागी थप प्रेरेणा मिलेको बताउनु भयो । अन्तरक्रिया कार्यक्रममा आएका महत्वपर्ण सल्लाह सुझाब र मागहरुलाई समेत अब आउने सुनिलस्मृती गाँउपालिकाको निति कार्यक्रम र बजेतमा समेतेर लैजाने समेत बताउनु भएको छ । कार्यक्रमको बारेमा सुनिलस्मृती गाँउपालिका प्रमुख प्रसासकिय अधिकृत दिनेश पौडेलले बिषय प्रवेश गराउनु भएको थियो कार्यक्रमको सञ्चालन गाँउपालिका प्रसासन शाखा प्रमुख अधिकृत छैंठौ रणबिर बुढामगरले गर्नु भएको थियो ।

    

प्रतिक्रिया दिनुहोस्

Array