Ad image

जलजला बहुमुखि क्याम्पस लिबाङमा अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी

मालश्री खबर
मालश्री खबर ६ चैत्र २०७९, सोमबार
1 Min Read
Aa

मालश्री खबर चैत ६ गते, रोल्पा ।
जलजला बहुमुखि क्याम्पस लिबाङमा अखिल क्रान्तिकारीको संयुक्त प्यानल विजयी भएको छ । मध्यपश्यिच विश्वविद्यालय बाट सम्बन्धन प्राप्त जलजला बहुमुखी क्याम्पसमा लिबाङ रोल्पामा नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट अखिल क्रान्तिकारीको सयुक्त प्यानल बिजयी भएको निर्वाचन अधिकृत श्याम बहादुर बुढामगरले जानकारी दिनु भएको छ ।

जम्मा खसेको मत ३ सय ९४ मा अखिल क्रान्तिकारीको संयुक्त प्यानलका अध्यक्ष पदमा उम्मेदवार उमेश पुनले आफ्ना निकटम प्रतिशप्रधी बिष्टलाई १५ मतले पछि पार्दै १९३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिशप्रधी नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु राष्ट्रिय जनमोर्चा निकट अखिल छैैंठौका अध्यक्ष पदका साझा उम्मेदवार दिपक विष्टले ले १७८ मत ल्याएको थिए । १३ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array