Ad image

“शहीदहरुको सम्मानमा जनयुद्धको बेला हत्या भएको क्षेत्रमा संरचना निर्माणका लागि बजेटको व्यवस्था गर्छु ।” मन्त्री जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर ६ चैत्र २०७९, सोमबार
4 Min Read
Aa

मालश्री खबर चैत ६ गते, रोल्पा ।
नेकपा (माओवादी) केन्द्रका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री जोखबहादुर महाराले जनता र देशको परिवर्तनका लागि जीवन बलिदान गर्ने महान शहीदहरुकै कारणले देशमा आमूल परिवर्तन भएको बताउँदै शहीदहरु सधै युगौ युगसम्म अमर रहने बताउनुभएको छ । उहाँले शहीदहरुको सम्मानमा संरचना निर्माणका लागि बजेट व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
महाराले यस्तो कुरा जनसाँस्कृतिक महासंघ अन्र्गत सामाना साँस्कृतिक अभियान र लुंग्री गाउँपालिका वडा नं. ६ गुम्चालको संयुक्त आयोनामा रोल्पाको पाटी गुम्चालमा आयोजित प्रतिरोध दिवस २०७९ तथा शहीद परिवार सम्मान तथा घाइतेहरुलाई सम्मान कार्यक्रममा बताउनुभएको हो ।


लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री समेत रहनुभएका महराले जनयुद्धको क्रममासबै भन्दा बढी सामूहिक ४६ हत्या भएको पाटी गुम्चालमा शहीदहरुको नामबाट सँस्था दर्ता गरी जमिन लिन अपिल गर्दै शहीदको सम्मान संरचना निर्माणका लागि शुरुवात गर्नमा बजेट प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले महान जनयुद्ध देश र जनताको पक्षमा लडिएको न्यायपूर्ण लडाई भएको र त्यसकै बलमा देशमा संघीयता, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता लगायतको विषयले आज मुर्त रुप पाएको बताउनुभयो । उहाँले भन्नुभयोः–“माओवादी आन्दोलन सही थियो, जनता र देशको पक्षमा थियो र त आज यो परिवर्तन सम्भव भएको छ । माओवादीले लडेर लिएको परिवर्तनमा कसैले आफूले ठूला कुरा गरेर हुँदैन जनतालाई थाहाँ छ ।”
कार्यक्रमका प्रमुख अतिथि जोबबहादुर महराले देशमा प्रचण्डको नेतृत्वमा सरकार रहेको बेलामा जनयुद्ध र सशस्त्र क्रान्तिका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गरी राजपत्रमा अंकित गरेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) ले शहीदहरुलाई सधै सम्मान र आदर्श गर्ने आगामी दिनमा शहीद परिवारलाई थप राहतका लागि पहल गरिने समेत बताउनुभो ।

कार्यक्रमका विशिष्ट नेकपा (माओवादी केन्द्र) का केन्द्रका केन्द्रीय सदस्य तथा बरिष्ट प्रगतिवादी साँस्कृतिकका चित्तक इश्वर चन्द ज्ञावालीले जनयुद्धलाई उचाई पु¥याउनको लागि साँस्कृतिक कर्मीहरुको ठूलो योदान रहेको बताउँदै साँस्कृतिक तथा सबै शहीदहरुले माओवादी आन्दोलनलाई एकताबद्ध गर्नका लागि आह्वान गरेको बताउनुभयो । उहाँले माओवादी आन्दोलाई अपराधिक समूहले गरेको कार्य बनाई विलोपीकरण गर्नका लागि दरवारीया, सामान्तवादी र सामाराज्यवादीहरु रहेकोले त्यसका विरुद्धमा सबै एकजुत हुन आग्रह गर्नुभयो । जनयुद्धको बेलामा विभिन्न मोर्चामा लड्डा लड्दै देश र जनतका लागि शहीदहरुले बगाएको रगतले आज देशको परिवर्तन भएकाले शहीदहरुलाई जहिले पनि सम्मान गरिने शहीद परिवारहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले साँस्कृतिक रुपान्तरणमा सहित अब बदलाव लिनुपर्ने बताउनुभयो ।


यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले शहीदहरुलाई सधै सम्मान गरिने बताउँदै त्यसका लागि शहीदहरु बलिदानको सम्मान पार्टीले सबै गरिने बताउनुभयो । बलिदान क्रान्तिको उर्जा भएकाले आन्दोलन क्रान्तिमा जहिले पनि बलिदानको अनिवार्यता रहेको बताउँदै माओवादी आन्दोलनलाई एकधिक्का गराउँदै लग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा पाटी गुम्चाल घटनाबाट घेरा टोडेर बाच्न सफल ज्यूदा शहीदको रुपमा रहनु भएका चन्द्रबहादुर बस्नेत (तुफान) ले २०५८ साल चैत्र ३ गते आफूहरु तालिममा रहेको बेला कमाण्डरले ४ गते विहान दुश्मनले घेरा हालेको अभ्यास गर्नुछ भन्ने आदेश गरी सुटेर विहान ५ बजे रोलकाल गरिरहेको बेलामा एक्कासी शाही नेपाली सेनाले घेरा हाली ४६ जनालाई हत्या गरेको र आफू पनि गोली लागेपनि भाग्न सफल भएको बताउनुभो । आफूलाई पनि मरी सकेको झै लागेपनि पछि उपचार पाएपछि बाँचेको बताउँदै त्यो घटना झलझी याद आएको बताउनुभयो ।

- Advertisement -
Ad image

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का बैकल्पिक के.स. आसबहादुर पुनमगर, लुंग्री गाउँपालिका अध्यक्ष भरत थापा, सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगर लगायत माओवादी केन्द्रका नेता, जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गुम्चाल हत्याकाण्डमा जीवन बलिदान गर्ने महान शहीदका परिवारहरुलाई र घाइतेहरुलाई समेत दोसल्ला र प्रमाणत्र प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रम सामाना साँस्कृति परिवारको अध्यक्ष झनकार बुढामगरको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा सम्पूर्ण संयोजन बुढामगरले गर्नुभएको थियो । वडाले विविध खेलकुद प्रतियोगिता समेत आयोजना गरेको छ । सो खेलकुद प्रतियोगिता ३ दिनसम्म चल्लने आयोजकले बताएको छ । कलारहरुले जनवादी गीतहरु समेत प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array