Ad image

मतदाता नामावली अद्यावधिक (दाबी विरोध सहित) सम्बन्धित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर १८ फाल्गुन २०७९, बिहीबार
4 Min Read
Aa

मतदाता नामावली अद्यावधिक (दाबी विरोध) सम्बन्धित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यलयको सभाहलमा सम्पन्न भएको छ । फोटो सहितको मतदाता नामावलीमा मतदाताले आफ्नो नाम विबरण हेर्न एवं अद्यावधिक गर्नको लागि सहज हुँच प्रदान गर्ने, मतदाता नामावलीलाई बैधानिकता प्रदान गर्ने र आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि अद्यावधिक मतदाता नामावली तयार गर्ने उद्येश्यका साथ जिल्ला निर्वाचन कार्र्यालय रोल्पाको आयोजनामा बिहिबार उक्त कार्यक्रम सम्पन्न गरीएको हो ।

कार्यक्रमको बारेमा जिल्ला निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जिल्लामा मतदातको संख्या, कार्यक्रम संचानल हुने स्थान र अवधी, नामावली प्रकाशन तथा निबेदन उजुरी वा संकलन, जिल्ला कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिमा को–को रहन्छन्, ति समितिहरुको काम, कार्तव्य र अधिकार के–के हुने, मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य गर्नको लागि अनलाई माध्यमको बोरमा समेत जानकारी दिनु भएको थियो । जिल्ला निर्वाचन अधिकारी डाँगीले प्रस्तुतिको क्रममा रोल्पा जिल्लामा पुरुष ७३ हजार ३ सय ९८ र महिला ७२ हजार ७३ गरी जम्मा १ लाख ४५ हजार ४ सय ७१ जना प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम मतदाता संख्या रहेको थियो भने त्यस यता २०७९ साल माघ २ गते देखि माघ २९ गते सम्म पुरुष २१ जना र महिला १४ जना गरी जम्मा ३५ जनाले नयाँ मतदादा नामावली दर्ता गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, २०७९ सम्पन्न भए पश्चात २०८० बैशाख ९ गते सम्म १८ वर्ष उमेर पुरा भएका मतदाता ५ हजार ६ सय ७५ थप भए संगै अहिले सम्म जम्मा मतदाता संख्या १ लाख ५१ हजार १ सय ४६ जना पुगेका छन् ।

 

निर्वाचन अधिकारी डाँगीले अनलाईबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्नको लागी आफ्नो मोवाईलको WebBrowser मा गाई election.gov.np प्रविष्ट गरी online Pre-Enrollment मा क्लिक गरी वा सोझै applyvr.election.gov.np प्रविष्ट गराएर त्यसमा दिईएको निर्देशन अनुसारको र्फम भरी सोही अनुसार नायाँ नामावली दर्ता तथा अद्यावधिक हुने बताउनु भएको छ । अहिले जिल्लामा नयाँ दर्ताको लािग पुरुष २१ जना र महिला १४ जनाको लागि निवेदन परेको र अद्यावधिकको लािग त्रुटि सच्याउने १ जनाको मात्र निवेदन परेको पनि बताउनु भएको छ । नयाँ मतदाता नामावली बनाउन तथा अद्यावधिक गर्नको लागि २०७९ साल फागुन २२ गते देखी चैत्र १ गते सम्म जिल्ला तथा वडा स्तरमा नयाँ मतादाता नामावली दर्ता तथा अद्यावधिकको कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती रोल्पाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी सिता आचार्यले संघ र प्रदेसको निर्वाचन भए यता नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउनेको सख्या नितान्त थोरै भएको उल्लेख गर्दै जिल्ला निवार्र्चन कार्यालय रोल्पाले सार्वजनिक गरेको नयाँ नामावली दर्ता गर्नेहरुको तत्थ्यांक हेर्दा आफुले २०७९ सालको चुनावमा गाउँगाउँमा जादा मतदाता नामावली नबनाएकाहरु एउटै वडामा धेरै भटिएकाले जिल्लामा अझै पनि धेरैले मतादाता नामावली नबनाएको भन्दै त्यस तर्फ सबैले ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । आगामी दिनमा सम्पुर्ण सरोकारवाला पक्षहरुले आ—आफ्नो क्षेत्रबाट मतदाता नामावली बनाउन छुट भएकालाई मतदाता नामावली बनाउनको लागि प्रेरीत गर्नु पर्ने उहाँकोे भनाई छ । आचार्यले निर्वाचन नजिकिए पछि मात्र मतादाता नामावलीमा ध्यान जाने परम्परा भएकाले पनि जिल्लामा यस्तो समस्या आएको बताउनु भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रका अन्य अतिथीहरुमा रोल्पा नगरपालिका प्रमुख सुरेन्द थापा घर्ती, लुङ्ग्री गाउँपालिका अध्यक्ष भरतकुमार थापा, रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढा, सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन, नेपाली काँग्रेस रोल्पाका जिल्ला सचिव शेरबहादुर थापा, नेकपा एमाले प्रदेश सदस्य घनश्याम आचार्य, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि फविन्द आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमबहादुर केसी, एकिकृत समाजवादीका तेजराज भण्डारी, राष्ट्रिय जनमोर्चाका केबी थापा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविनलोचन मगर, लगायत रोल्पा स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन निर्वाचन कार्यालयका इन्दिरा आचार्यले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array