Ad image

अध्यक्ष कोसेली कार्यक्रम अन्तरर्गत जंकोटमा गर्भवति तथा सुत्केरीहरुलाई विभिन्न कोसेली वितरण

मालश्री खबर
मालश्री खबर १७ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर फागुन १७ गते, रोल्पा ।

रोल्पा नगरपालिका वडा नम्बर ८ जंकोट रोल्पाले गर्भवति तथा सुत्केरी आमाहरुलाई अध्यक्ष कोसेली कार्यक्रम अन्तरर्गत विभिन्न कोसेली वितरण गरेको छ । स्वास्थ्य चौकी जंकोटको आयोजनामा बुधबार स्वास्थ्य चौकी जंकोटको भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७९/८० को वडा भित्र विनियोजन हुने बार्षिक बजेटबाट रु ६२ हजार रकम विनियोजन गरी आमा र बच्चाको पोषणमा सुधार ल्याउने उद्देश्यले उक्त कार्यक्रम लागू गरेको वडापालिकाले जानकारी दिएको छ ।

 

वडा नम्बर ८ भित्रका जम्मा ३८ गर्भवती तथा सुत्केरी रहेका थिए । १४ जना गर्भवतीलाई दुई पोका आयोडिन युक्त नुन, अधा—आधा लिटर खाने तेल, १/१ वटा ब्रस र मञ्जन, नक काट्नको लागि नङकट, २/२ वटा डिटोल साबुन वितरण गरेको थियो भने २४ जना सुत्केरीलाई दुई पोका आयोडिन युक्त नुन, अधा—आधा लिटर खाने तेल, १/१ वटा ब्रस र मञ्जन, नक काट्नको लागि नङकट, २/२ वटा डिटोल साबुन का साथै थप १/१ क्यारेट अण्डा वितरण गरेको जनाएको छ ।

- Advertisement -
Ad image

उक्त अध्यक्ष कोसेली कार्यक्रमका प्रमुख अतिथी तथा रोल्पा नगरपालिका वडा नम्बर ८ जंकोटका वडा अध्यक्ष हर्कबहादुर डाँगीले गर्भवती तथा सुत्केरीलाई प्रोत्साहन गराउने बताउनु भएको छ । साथै वडामा घरमै सुत्केरी गराउनेको दर शुन्य बनाउने, ८ पटक सम्मको गर्भ जाँचलाई नियमित गराउनको लागि वडा सदैव प्रतिवद्ध रहने बताउनु भएको छ । स्वस्थ जिवन यापनको लागि मदिरापान र धुम्रपानलाई हटाउनको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने समेत बताउनु भएको छ ।

स्वास्थ्य चौकी जंकोटका प्रमुख दिपेन्द्र वि.क.को अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य जंकोट स्वास्थ्य चौकीका अहेभ प्रमबहादुर वली ले गर्नु भएको थियो । स्वास्थ्य चौकी जंकोटका सिनियर अनमी तथा आमा सुरक्षा फोकल पर्सन लोककुमारी घर्तिमगरले सञ्चालन गर्नु भएको कार्यक्रमो अतिथीमा नगर कार्यपालिका सदस्य त्रिपना पुन, वडा सदस्यहरु, निवर्तमान वडा सदस्यहरु, वडा नम्बर ८ का वडा सचिव विपिन कंवर, स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयम सेवीका, विभिन्न गर्भवती तथा सुत्केरी महिलाहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array