Ad image

सुनछहरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु

मालश्री खबर
मालश्री खबर ५ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर/ फागुन ५ गते, रोल्पा ।

सुनछहरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरु सुक्रबार वाट सुरु भएको सुनछहरी गाँउपालिकाले जानकारी दिएको छ । उक्त कार्यक्रमको उद्धघाटन लुम्बीनी प्रदेशका आर्थिक मामिला मन्त्री जोखबहादुर महराले गर्नु भएको बताइएको छ ।

सुनछहरी गाउँपालिकाको व्यवस्थापन र सुनछहरी गाँउपालिका वडा न. ७ मा रहेको रोल्वाङ माद्यायामिक विद्यालय जेलवाङको आयोजनामा रोल्वाङ माद्यायामिक विद्यालय जेलवाङमा उक्त कार्यक्रम सञ्चालन भएको गाँउपालिकाले जानकारी दिएको छ । सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रमको सञ्चालन रोल्बाङ माद्यायामिक बिद्यालय जेल्वाङका प्रध्यानाध्यापक हेमलाल पोख्रेले गर्नु भएको त्यँहाबाट पत्रकार जुनिसकुमार विष्टले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

सुनछरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख रेग बहादुर पुनमगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सुनछरी गाउँपालिकाका निवर्तमान अध्यक्ष आसबहादुर पुन, सुनछहरी गाँउपालिकाकी निवर्तमा उपाध्यक्ष पवित्रा घर्ति, उपराष्ट्रपति नन्दबहादुर पुनकाका भाषा विज्ञ चन्द्रबहादुर बुढामगर, नेपाली कांग्रेस सुनछरी गाउँपालिका सचिब विरबहादुर बुढामगर ,नेकपा माओवादी केन्द्र सुनछहरी गाउँपालिकाका प्रतिनिधि टिकाबहादुर बुढामगर, गाँउपालिकामा रहेका सम्पुर्ण माद्यामिक विद्यालयहरुको तर्फबाट जनता माद्यामिक बिद्यालय गामका प्रध्यानाध्यापक बागविर घतिमगर लगाएतले शुभकामना मन्तव्य राखेका थिए । उक्त प्रतियोवितामा सुनछहरी गाउँपालिका भित्र रहेका जम्मा ९ वटा माद्यामिक विद्यालयको सहभागिता रहेको छ । कार्यक्रम यहि फागुन ७ गते सम्म सञ्चालन हुने आयोजकले बताईएको छ । उद्धघाटन कार्यक्रममा गाँउपालिका भित्रका वडा अध्यक्षहरु, कार्य पालिका सदस्य, अभिभाबक, शिक्षक , बिद्यार्थि लगाएतको सहभागिता रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array