Ad image

लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीमा रोल्पाका महरा नियुक्ति

मालश्री खबर
मालश्री खबर २९ माघ २०७९, आईतवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,२९ माघ दाङ । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रीमा रोल्पाका जोख बहादुर महरा नियुक्ति हुनु भएको छ।लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले माघ २८ गते नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीको सिफारिसमा महरा मन्त्रीमा नियुक्ति भएका हुन।

 

लुम्बिनी प्रदेश सरकारमा अन्य नियुक्ति भएका मन्त्रीहरु र मन्त्री महराले आज १ बजे सपथ ग्रहण लिनेे समेत बताइएको छ।नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत हुन।महरा नेकपा माओवादी केन्द्र रोल्पा प्रदेशसभा क्षेत्र नं.१(क) बाट निर्वाचित प्रदेश सभा सांसद हुन।

प्रतिक्रिया दिनुहोस्

Array