Ad image

गुरुदय आधारभूत विद्यालयमा निशुल्क मुख तथा दाँतको स्वास्थ्य जाँच तथा उपचार सेवा सम्पन्नः जम्मा १४१ जनाले सेवा लिए

मालश्री खबर
मालश्री खबर २७ माघ २०७९, शुक्रबार
2 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर,माघ २७ गते, रोल्पा । 

गुरुदोय आधारभूत विद्यालय रोल्पा नगरपालिका वडा नम्बर १० धवाङ सुनवाङमा निशुल्क रुपमा मुख तथा दाँतको स्वास्थ्य जाँच तथा उपचार सेवा सम्पन्न भएको छ । सत्प्रयास समुहको आयोजना तथा रोल्पा अस्पताल रेउघाको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको बताईएको छ । उक्त विद्यालयमा रहेका विद्यार्थीहरुलाई विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत मुख तथा दाँतको स्वास्थ्य जाँच तथा उपचार सेवा उपलब्ध गराइएको हो । कक्षा १ देखि ८ कक्षा सम्मका सम्पुर्ण विद्यार्थीहरुको मुख तथा किराले खाएको दाँतको चेकजाच गरिएको थियो ।

  

- Advertisement -
Ad image

साथै उक्त जाँचबाट किराले खाएका र हल्लिएका दाँत निकालिएको बताइएको छ । रोल्पा अस्पताल रेउघाले कक्षा दुई र तीनमा अध्ययन गर्ने विद्यार्थीहरुलाई दाँत माझने ब्रस समेत वितरण गरेको थियो । विद्यार्थी लगाएत त्यस ठाउँका स्थानिय गरि जम्मा १४१ जनाको मुख तथा दाँतको जाच गरिएको मा ७१ जनाको दात फालिएको थियो । विद्यार्थीको मुख तथा दाँतको चेक जाँच गर्ने आवश्यक पर्ने उपकरण, औषधी लगाएतका सामग्री रोल्पा अस्पताल रेउघाले प्रदान गरेका रोल्पा अस्पताल रेउघाका सुचना अधिकारी कुलबहादुर डाँगीले जानकारी दिनुभएको छ ।

रोल्पा अस्पताल रेउघाका डेन्टल सर्जन डाक्कटर पुजा कूंवरको नेतृत्वमा खटिएको स्वास्थ्य कर्मिका टोलिले सेवा प्रदाने गरेको थियो । सत्प्रयास समुहका काशीराम डाँगीको अध्यक्षतामा सुरुवात भएको उक्त कार्यक्रमको प्रमुख अतिथीमा रोल्पा नगरपालिकाकी उपप्रमुख गिता आचार्य रहुन भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा रोल्पा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मतिलाल डाँगी रहुन भएको थियो भने अन्य अतिथीमा नेपाली कांग्रेस राल्पाका सचिव सेरबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीराज थापा, विद्यालयका प्रध्यानाअध्यापक तिर्थकुमारी डाँगी, एनजिओ फेडेरेसनका अर्जुन डागी लगाएत विभिन्न पत्र पत्रिकामा अबद्ध प्रकारहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन सतप्रयास समुह रोल्पाका खेम बुढाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array