Ad image

शिक्षामा मात्रात्मक भन्दा गणात्मकतालाई ध्यान दिऔँ – प्रदेश सांसद महरा

मालश्री खबर
मालश्री खबर ३० पुष २०७९, शनिबार
6 Min Read
Aa

गणेश केसी

मालश्री खबर,पुष ३० गते रोल्पा ।

प्रदेश सभा सदस्य रोल्पा प्रशेद क्षेत्र नं. १ क का निर्वाचित सांसद जोखबहादुर महराले शिक्षामा मात्रात्मक भन्दा पनि गणात्मकतामा ध्यान दिन आग्रह गर्नु भएको छ । लुंग्री गाउँपालिका वडा नं. २ सिर्पमा रहेको गोकुल माध्यामिक विद्यालयको वार्षिकात्सव समारोहलाई सम्वोधन गर्दै महराले यस्तो बताउनु भएको छ ।

हाम्रो विद्यालयमा यति जना विद्यार्थी छन भन्नु भन्दा पनि हाम्रो विद्यालयबाट पास भएका विद्यार्थीहरुले यस्तो काम गर्न सके भन्ने खालका विद्यार्थी उत्पादन गर्नु पर्नेका उहाले जोड दिनु भएको छ । त्यसका लागि विद्यार्थी, शिक्षक र अविभावक सबैले मेहनत गर्नु पर्ने उल्लेख गर्नु भएको छ । आफुले पनि शिक्षण पेशाको अनुभव गरेकाले भौतिक सुविधा सम्पन्न विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि त्रिवक्षिय सम्वन्ध प्रगाढ हुनु पर्नेमा उहाले जोड दिनु भएको छ । उक्त गोकुल माविमा खेलकुद मैदान, बालि विज्ञान अध्यापन र छात्रवास निमार्णका लागि आफुले प्रदेश वा संघसंग समन्वय गरेर विद्यालयको समस्या समाधानमा लाग्ने बताउनु भएको छ ।

- Advertisement -
Ad image

फरक प्रशंगमा प्रदेश सांसद महराले अबका दिनहरुमा कुनै ब्यक्तिको गोजिबाट निस्केका योजनाहरुमा बजेट नराख्ने समेत बताउनु भएको छ । हरेक कार्य सम्पन्न गर्नका लागि गाउँपालिकाबाट निर्णय भई पालिकाले नै सिफरिस गरेको योजनाहरुमा मात्र आफुले बजेट राख्ने जनाउनु भएको छ । सांसद महराले आफु सांसद भए पश्चात औपचारीक कार्यक्रममा पहिलो पटक सहभागि भएकाले दिनभर घाम ताप्ने कार्यक्रममा धेरै सहभागि नहुने प्रतिकृया समेत दिनु भएको छ । त्यसको साटो जनताको हरेक समस्या बुझ्नका लागि आफु जनताको माझमा जाने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथी लुंग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले सम्पुर्ण विद्यालयहरु भौतिक संरचना, खेलकुद मैदान, जनशक्ति, कम्प्युटर, विज्ञान प्रयोगशालाले सम्पन्न बनाउने आफ्नो चाहना भए पनि सिमित स्रोत र साधनका विचमा आफुहरुले विद्यालयको अवस्था सुधार गर्न नसकेकोमा लज्जाबोध भएको प्रतिकृया दिनु भएको छ । सामुदायिक विद्यालयहरुमा दर्वन्दि ब्यवस्थापन गर्न नसक्नु, जनशक्तिको ब्यवस्थापन गर्न नसक्नुमा संघ र प्रदेश सरकारप्रति दुखेसो पोख्दै अध्यक्ष थापाले पालिकामा प्राप्त वजेट सम्पुर्ण विद्यालयको विकाशमा समानुपाति, समावेशि ढंगले वितरण गर्ने समेत बताउनु भएको छ ।

गाउँपालिका निवर्तमान अध्यक्ष दुर्गाबहादुर खड्काले गोकुल माविमा आवश्यक भवन निमार्णका लागि, प्राविधिक धार तर्फ बालि विज्ञान पठन पाठनका लागि र शिक्षक दर्वन्दि माग्नका लागि ठुलो मेहनत गरेकाले विद्यालय प्रति धेरै माया रहेको प्रतिकृया दिनु भएको छ । आफ्नो कार्यकालमा दुःख गरेको विद्यालयको प्रगतिको कामना गर्दै निवर्तमान अध्यक्ष खड्काले शिक्षालाई अध्ययनको विषय मात्र नबनाएर प्रयोगात्मकतामा पनि ध्यान दिन आग्रह गर्नु भएको छ । विद्यालयमा संचालन भएको बालि विज्ञानलाई प्रयोगात्मकतामा ध्यान दिनका लागि कतै जोह गरेर ४–५ रोपनी जग्गा खरीद गर्न समेत उहाले सुझाव दिनु भएको छ ।

अर्का अतिथी लुंग्री गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष अमृत घर्तीले विद्यालयको हरेक क्षेत्रको विकाशका लागि आफुले धेरै कार्यहरु गरेको र अझै पनि वडाबाट सक्दो सहयोग गर्ने बताउनु भएको छ । यसका साथै प्रदेश सांसद महरालाई विद्यालयका लागि हुन सक्ने ठाउँमा सायोगका लागि आपिल गर्न समेत आग्रह गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गणेश रिजालले २०२३ सालमा लाकुरीको बोट मुनि गाउँका वालवालिकाहरुलाई स्थानिय इश्वरी सुवेदीले पठन पाठन गरेको स्मरण गर्दै २०३२ सालमा मात्र विद्यालयले १–५ को अनुमति पाएको जानकारी दिनु भयो । अहिले १–१२ सम्म पठन पाठन हुने विद्यालयमा शैक्षिक शत्र २०७९ सालदेखि प्राविधिक धार तर्फ बालि विज्ञान पनि अध्ययन भइरहेको जानकारी दिनु भएको छ । ९ सय ८० जना विद्यार्थीहरुले अध्यन गरिरहेको विद्यालयमा छात्रवास निमार्णका लागि ८ लाख ३० हजारको जग्गा खरिद प्रकृयामा रहेको समेत जानकारी दिनु भएको छ । खेलको माध्यमबाट सहयोग रकम जुटाउने उदेश्यका साथ आयोजना गरिएको बार्षिकोत्सवमा सहयोग गर्ने सहयोगिदाताहरुलाई प्रधानाध्यापक रिजालले धन्यवाद समेत ज्ञापन गर्नु भएको छ ।

कार्यक्रममा सबै भन्दा धेरै रकम सहयोग गरेको भन्दै टिकाबहादुर थापालाई विशिष्ट अतिथी बनाइएको थियो । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रको संचालान शिक्षक डोरबहादुर विष्टले संचालन गर्नु भएको थियो । कार्यक्रममा राप्रपा रोल्पाका अध्यक्ष अम्मरबहादुर थापाको पनि विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, पालिका तथा वडाका विभिन्न जनप्रतिनिधीहरु, विभिन्न राजनितीक दलका प्रतिनिधी समाजसेवी, पत्रकार, वुद्धिजीविहरुको सहभागिता रहेको थियो ।

छात्रवास ब्यवस्थापन, शिक्षाको लागि खेलकुद तथा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ आयोजना गरिएको वार्षिकोत्सव माघ ४ गते सम्म संचालन हुने छ । उदेघाटनका दिन मैत्रिपुर्ण शिक्षक भलिवल प्रतियोगिता समेत सम्पन्न भएको छ । गोकुल मावि र सामाजिक मावि धाराखर्कका शिक्षकहरुको विचमा मैत्रिपुर्ण भलिवल प्रतियोगिता समेत सम्पन्न भएको थियो । उक्त भलिवल प्रतियोगिताको प्रदेश सांसदम महराले उद्घाटन गर्नु भएको हो । वार्षिकोत्सवको अवसरमा विभिन्न सास्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरिएको विद्यालय परिवारले जनाएको त्यहा पुग्नु भएका हाम्रा सहकर्मी गणेश केसीले जानकारी दिनु भएको छ । उक्त उद्घाटन कार्यक्रमको रेडियो मालश्रीले प्रत्यक्ष प्रशारण समेत गरेको रेडियो प्रशासनले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

Array