Ad image

रोल्पा भालुबाङ सडक विहान ८ देखी ११ बेलुकी ५ देखी ९ बजे सम्म मात्र खुल्ने

मालश्री खबर
मालश्री खबर १९ पुष २०७९, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, पुस १९, रोल्पा । 
रोल्पा, प्युठान, भालुबाङ सडक खण्ड निर्माण शुरु भए देखि विहान ८ बजे देखी ११ बजे सम्म र बेलुका ५ बजे देखी ९ बजे भित्रको समयमा मात्र यातायात संचालन गर्न दिइने सडक डिभिजन कार्यलय प्युठानका कार्यालय प्रमुख बिरेन्द्र बहादुर चन्दले जानकारी दिनु भएको छ । सडक डिभिजन कार्यालय प्यूठानद्वारा प्युठानको चकचके देखि बड्डाँडाको बिचममा सडक निर्माण कार्यक्रलाई डिस्टप हुन नदिनको लागी निमार्ण कार्य शुरु भए देखि निर्माण कार्यलाई व्यबस्थित बनाउनको लागी यस्तो गरिएको बताइएको छ ।

मंगलबार जिल्ला प्रसासन कार्यालय रोल्पामा सुरक्षका प्रमुख जिल्लामा सञ्चालित यातायात व्यावसायि समितीको पदाधिकारी वा प्रतिनिधी लगाएत जिल्लामा क्रियाशिल पत्रकारहरुको समेत उपस्थिति यस्तो कुरा जानकारी गराइएको हो ।

बाटो बन्द अवधीमा एम्बुलेन्स सव वहान र सुरक्षा सम्बन्धी गाडीलाई प्राथमित्तामा राखेर आवत, जावत गर्न व्यवस्था मिलाउने समेत निर्णय भएको रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array