Ad image

रोल्पाको विकास र समृद्धिको लागी गठबन्धनले जित्नु पर्छ – अम्मरसिंह पुन

मालश्री खबर
मालश्री खबर २० कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर / मालश्री खबर, कार्तिक २० रोल्पा ।

लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनावी सभालाई आइतबार गंगादेव गाउँपालिकाको सभालाई सम्बोधन गर्दै, रोल्पा प्रदेश सभा २ ख का संयुक्त गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरसिंह पुनगरले रोल्पाको समृद्धि र विकासको लागि भएको बताउनु भएको छ । गंगादेव गाउँपालिका–२ को सुखाओडारमा भएको लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाले आयोजना गरेको संयुक्त चुनावी सभाको विशिष्ट अतिथिको रूपमा पुग्नु भएका नेता पुनले सो कुरा बताउनु भएको हो ।

साथै उँहाले संविधानको रक्षा, स्थायीत्व, देशको समुन्नतिको लागि विचार मिल्ने लोकतान्त्रिक बाम गठबन्धन भएको समेत बताउनु भयो । हिजोका दिनमा एक अर्कामा वर्ग दुश्मन जस्तो मान्ने थियो आज सँगै मिलेर देशलाई निकास दिएको समेत जिकिर गर्नुभयो । रोल्पाको विकास र समृद्धिको लागि सबैले प्रतिनिधि सभामा बर्षमान पुन (अन्नत) र प्रदेश सभा सदस्यका लागि अम्मरसिंह पुनमगरलाई विजय गराउनु अहिलेको आवश्यकता भएको बताउदै अन्य जिल्लामा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतका उम्मेदवारलाई नेपाली कांग्रेसले सहयोग गरेको समेत बताउनु भयो ।

- Advertisement -
Ad image

गठबन्धन पाँच बर्षको लागि मात्र नभएर देशको समृद्धि, स्थायीत्व , शान्ति प्रक्रिया, सबैको अधिकारको रक्षा नँहुदा सम्म रहने नेता पुनले बताउनु भयो हुने समेत बताउनुभयो । हिजो केही कुरा नमिल्ने आज आएर भाषा, शैली सबै कुरा मिल्दै गएको समेत उँहाले बताउनु भयो । हिजो रुखमा भोट हालेकाले आज हँसियाहथौडा किन भोट नहाल्ने, हिजो हँसिया हथौडामा भोट हालेकाले आज किन रुखमा नहाल्ने उँहाले थप्नु भयो । संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई एक अर्काले सहयोग गर्नु पर्ने समेत उँहाको सुझाब छ । साथै रोल्पामा लोकतान्त्रिक बाम गठबन्धन गरेर देश नँया खालको सन्देश रोल्पाबाट भएको समेत बताउनु भयो । प्रतिनिधि सभामा बर्षमान पुनले जित्नु र प्रदेशसभामा अम्मरसिंह पुनले जित्नु रोल्पाको लागी विकास र समृद्धिको ढोका खुल्ने समेत उँहाले बताउनु भयो । आगामि मंसिर ४ को चुनावमा सबै एकजुट भएर सफल बनाउनु पर्नेमा पुनको ठुलो जोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array