Ad image

कांग्रेस माओबादी बिना यो देशमा कुनै पनि परिबर्तन सम्भब छैन् -अम्मरसिंह पुन

मालश्री खबर
मालश्री खबर १३ कार्तिक २०७९, आईतवार
6 Min Read
Aa

लोकेन्द्र चन्द  / मालश्री खबर, कार्तिक १३ रोल्पा ।

कांग्रेस माओबादीे बिना यो देशमा कुनै पनि परिबर्तन सम्भब नभएको बाम लोकतान्त्रिक गठबन्धन रोल्पा प्रदेश सभा २ ख का प्रत्यक्ष उम्मेदवार एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमगरले बताउनु भएको छ । आइतबार लोकतान्त्रिक संयुक्त बाम गठबन्धन रोल्पा नगरपालिकाले माडीचौरमा आयोजना गरेको सयुक्त आन्तरिक भेला यस्तो कुरा बताउनु भएको हो । गठबन्धन दल भित्र बिगतमा भएको गल्ती कम्जोरीलाई सबैले बिर्सिएर गठबन्धनका उम्मेदवारलाई बिजय गराँउनको लागी सबै एक भएर जानु पर्ने बताउनु भएको थियो ।

यो गठबन्धन सामान्य अबस्थामा नभएको हुनाले कुनै पनि गठबन्धन दल भित्रमा नेता कार्यकताहरुलाई आफु खुशि जेपायो त्यहि प्रतिक्रिया दिने कुनै अधिकार नभएको समेत बताउनु भएको थियो । हिजोको दिनमा सबै बाट भएको गल्ती कम्जोरीलाई सबैले बिर्सिएर गठबन्धनको निर्णय र निर्देशन अनुसार लाग्नु पर्ने समेत नेता पुनले कार्यकर्तालाई आग्रह गर्नु भएको छ । रोल्पामा गठबन्धन पहिलो भए पनि यो प्रदेश र सिङ्गो देशमा कांग्रेस कम्यनिष्टको गठबन्धन सफल भएको थुप्रै उदाहरण दिदै पुनले रोल्पामा पनि सफल हुने बताउनु भएको थियो ।

- Advertisement -
Ad image

यतिखेर कसैले पनि गठबन्धनका उम्मेदवारहरुलाई कुनै पाटीको उम्मेदवारको रुपमा नलिएर सबै गठबन्धनको साझा उम्मेदवारको रुपमा लिउनु पर्ने बताउनु भएको थियो । एउटै पाटीको नाममा पुर्ब र पश्चिमको सार्थि एक भएको उदाहरण दिदै नेता पुनले बिचार फरक भए पनि आखिर सबै रोल्पाली एउटै छिमेकि भएको बताउँदै एकले अर्कालाई खुलेर सहयोग गर्नु पर्ने बताउनु भएको छ । जन्मदै कुनै पनि ब्यति यो वा त्यो बिचार बोकेर नआउने भएको हुनाले आफुले पछि बोकेको बिचारलाई मिश्रण गर्न सक्नुनै ठुलो महान हुने भएको हुनाले सबै ढुक्क भएर गठबन्धनको उम्मेदवारलाई बिजयी गराउनु तर्फ लाग्नु पर्नेमा समेत नेता पुनले जोड दिनु भएको थियो ।

त्यस्तै भेलामा नेपाली कांग्रेस रोल्पाका पाटी सभापती किशोर कुमार आचार्यले, यो गठबन्धन राष्ट्रको आवश्यकता र हितमा भएको हुनाले कसैलाई पनि गठबन्धनको बिरुद्धमा जान छुट नभएको बताउनु भएको थियो । अहिले पनि कति पएले हिजो कांग्रेस र माओबादी लडे अहिले कसरी मिलेका होलान भनेर प्रतिक्रिया दिने र गठबन्धन भाड्ने खेलमा लागेको हुनाले यस्तो कुरा नसुन्न र त्यस्ता हल्लाहको पछाडी नलाग्न समेत आग्रह गर्नु भएको थियो । आचार्यले भन्नु भयो हिजो भएको लडाई काग्रेस कम्यनिष्टको नभएर व्यवस्था परिर्बतनको लागी भएको समेत बताउनु भएको थियो । यदि गठबन्धनको बिरुद्धमा लाग्ने नेता कार्यकर्तालाई पाटीले कुनै छुट नदिने समेत आफ्ना नेटा कार्यकर्तालाई चेतावनी दिनु भएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक गुणेन्द्र घर्तीमगरले यो बिशिष्ट परिस्थितीमा भएको गठबन्धन किन र कसरी भयो भनेर राम्रो सँग बुझ्न र गठबन्धनको पक्षमा एक भएर लाग्न आम नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । यो देशमा आएको संकट पार लगाउनको लागी गठबन्धन भएको बुझ्न समेत आग्रह गर्नु भएको छ । यो देशमा कम्युनिष्ट र कांग्रेस मिलेर नै राणा सासण र राजालाई फाल्न सफल भएको बताउदै सबैलाई एक भएर गठबन्धनको पक्षका लाग्न निर्देशन दिनु भएको छ ।

जनताले आफै लेखेको संबिधानलाई र जनताको व्यवस्थालाई केहि निरंकुश र प्रतिगमनकारी तत्वले ध्वस्त पार्न खोजेको हुनाले त्यसको रक्षाको निम्ती पनि गठबन्धन गर्नु परेको र यो गठबन्धन सफल हुनु पर्ने नेता घर्तिले बताउनु भएको थियो । यो गठबन्धनले हारेमा जनताले आफै लेखेको संबिधानलाई र जनताको व्यवस्था ध्वस्तहुने भएको हुनाले गठबन्धन भन्दा दाँया बाँया नर्गन नेता कार्यकर्तालाई निर्देशन गर्नु भएको छ । रोल्पाको प्रदेश सभा २ ख मा गठबन्धका आधिकारी उम्मेदवार बिरुद्ध आफ्नो पाटीका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुनमगर सिजलले पाटीको निर्देशन बिपरित बागी उम्मेदवार दिए पनि अहिले पाटीले नै साधारण सदस्य नरहने गरि कार्वाहि गरि सकेको हुनाले पुन अहिले नेकपा माओबादी केन्द पाटीको नेता नभएको समेत बताउनु भएको थियो । यो परिस्थितीमा पुनको पछि लाग्ने नेता कार्यकर्तालाई समेत कार्वाहि हुने भएको हुनाले पुनको पछि नलाग्न समेत नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

 

कार्यक्रममा नेकपा एकिकृत समाजबादी पाटी रोल्पाका जिल्ला सचिबालय सदस्य तेकराज भण्डारी, राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ बिष्ट, नेपाली कांग्रेस रोल्पा प्रदेश सभा २ ख का समानुपातीक उम्मेदवार गोपाल घर्तिमगर , एकिकृत समाजबादी पाटी प्रदेश सभा २ ख का समानुपातीक उम्मेदवार मनसिङ डाँगी, राष्ट्रिय जनमोर्चाका प्रदेश सभा २ ख का समानुपातिक उम्मेदवार हस्तमणि पुन, नेकपा माओबादी केन्द्र रोल्पाका सचिब पुर्ण केसि, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश सदस्यहरु त्रिपनी बैजालीमगर, र मनकुमारी घर्तिमगर, नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापती माधब प्रसाद आर्चाय, पुर्व उपसभापती इन्द्र बहादुर खत्री, नेपाली कांग्रेसका सचिब शेर बहादुर थापा, सहसचिब गञ्ज बहादुर क्षेत्री, कोषाध्यक्ष बमबहादुर रोका र वाइसिएल नेपालका केन्द्रिय उपमहासचिब राहुल महरा, केन्द्रिय सचिब रितमान पुन अग्रिम लगाएत लोकतान्त्रिक संयुक्त बाम गठबन्धनका नेता कार्यकर्ताहरुको भेलामा सहभागिता रहेको थियो । बाम लोकतान्त्रिक गठबन्धन चुनावी अभियान रोल्पा प्रदेश सभा २ ख का सहसंयोजक तेकबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य भान बहादुर घर्तिमगरले गर्नु भएको थियो ।

    

प्रतिक्रिया दिनुहोस्

Array