Ad image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न

मालश्री खवर
मालश्री खवर २ बैशाख २०८१, आईतवार
5 Min Read
Aa

सुर्य प्रकाश बुढामगर मालश्री खबर, बैशाख २ रोल्पा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम रोल्पाको लिबाङमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको आयोजनामा आइतबार रोल्पा उद्योग बाणिज्य संघको सभाहल लिबाङमा सम्पन्न भएको हो ।

“सदाचार,निष्पक्षता, निर्भिकता र भष्ट्राचार विरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य” भन्ने मुल नाराको साथ भष्ट्राचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको अध्यक्षतामा भएको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य रहनु भएको थियोे ।

कार्यक्रममा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती, प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव रमेश कुमार केसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जका सह–सचिव गणेशबहादुर अधिकारी लगायत जिल्ला स्थित सबै स्थानिय तहका प्रमुख, उपप्रमुख, सबै सुरक्षा निकायका प्रमुखहरु, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, प्रतिनिधी पत्रकार लगाएतको आतिथ्यता रहेकोे थियोे ।

- Advertisement -
Ad image

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल,काठमाडौका सह–सचिव रमेश कुमार केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक बर्ष २०७९/०८० र चालु आर्थिक बर्ष २०८०/०८१ को चैत २७ गतेसम्म रोल्पा जिल्लाका बिभिन्न स्थानीय तहहरुको उजुरीको विवरणको प्रस्तुत गर्नु भएको थियोे ।

गंगादेव गाउँपालिकामा गत आर्थिक बर्षमा ६ र चालु आर्थिक बर्षमा १० गरि जम्मा १६ बटा उजुरी हरेको छ । त्यस्तै सुनिलस्मृतीमा गत आर्थिक बर्षमा २ र चालु आर्थिक बर्षमा १२ जम्मा १४ उजुरी रहेको छ । त्रिबेणी गाँउपालिकामा गतमा १ र चालु आर्थिक बर्षमा ८ गरि जम्मा ९ रहेको छ । माडी गाँउपालिमा गत आर्थिक बर्षमा ४ र यो चालु आर्थिक बर्षमा ४ गरि जम्मा ८ रहेको छ । रोल्पा नगरपालिकामा गत आर्थिक बर्षमा ३ र चालु आर्थिक बर्षमा ५ गरि जम्मा ८ रहेको छ । रुन्टिगढी गाँउपालिकामा गत आर्थि बर्षमा १ र चालु आर्थिक बर्षमा ६ गरि जम्मा ७ रहेको छ । थबाङ गाँउपालिकामा गत आर्थिक बर्षमा कुनै पनि उजुरी परेको छैन् भने या चालु आर्थिक बर्षमा ६ वटा रहेको छ । लुङ्गी गाँउपालिकामा गत आर्थिक बर्षमा १ र चालु आर्थिक बर्षमा ४ गरि जम्मा ५ रहेको छ । परिबर्तन गाँउपालिकामा गत आर्थिक बर्षमा २ र यो आर्थिक बर्षमा हाल सम्म कुनै पनि उजुरी नपरेको बताइएको छ । सुनछहरी गाँउपालिकामा भने गत आर्थिक बर्षमा र यो आर्थिक बर्षको हाल सम्म कुनै पनि उजुरी नपरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौका सह–सचिव रमेश कुमार केसीले जानकारी दिनु भएको छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल सम्पर्क कार्यालय,नेपालगञ्जका सह–सचिव गणेश बहादुर अधिकारीले भष्ट्राचार सम्बन्धमा विश्वमा नेपालको अवस्था कमजोर देखाएको बताउदै,ट्रान्सपरेन्सी इन्टरनेशनलको भष्ट्राचार अनुभुती सुचकांकको बार्षिक प्रतिवेदन अनुसार २०२३ मा १०० पुर्णाङ्कमा ३५ अंक प्राप्त गर्दै १ सय ८ स्थानमा रहेको समेत बताउनु भएको थियोे । यसले नेपालमा भष्ट्राचार भइरहेको समेत जनाउने गरेको बताउनुभयो ।

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्ने शब्दबाट कोही पनि अपरिचित नभएको बताउनु भएको छ । साथै अहिले अनुसन्धानलाई क्यान्सरको रूपमा लिने गरेको समेत बताउनु भएको छ ।

रोल्पा जिल्लाको सबै स्थानीय तहको तर्फबाट बोल्दै रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले रोल्पामा दुईपटक जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम आयोजना गरेकोमा अख्तियार कार्यालयलाई धन्यवाद व्यक्त गर्दै,भष्ट्राचार,नियन्त्रण र सुशासन कायम गर्नु सबैको दायित्व भएको बताउनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीले सुशासन र जवाफ देहिता सहित काम गर्नुपर्ने बताउदै,सुशासन युक्तत बनाउन सबैको साथ सहयोग हुनुपर्ने बताउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दले भष्ट्राचार नियन्त्रण गर्नु सबैको साँझा दायित्व भएको बताउदै,भष्ट्राचार गर्नु एक अपराध भएको बताउनु भएको छ । चन्दले हामीले त अपराध गर्नेलाई माफी दिउला तर ईश्वरले केही पनि माफी नदिने समेत बताउनु भएको छ । कार्यक्रमको सञ्चालन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल सम्पर्क कार्यालय,नेपालगञ्जका शाखा अधिकृत नारायण दाहालले गर्नु भएको थियो ।

    

प्रतिक्रिया दिनुहोस्

Array