Ad image

नयाँ बर्षको अवसरमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

मालश्री खवर
मालश्री खवर १ बैशाख २०८१, शनिबार
3 Min Read
Aa

मालश्री खबर, बैशाख १ रोल्पा ।

नयाँ बर्ष २०८१ सालको अवसर पारेर आयोजना गरेको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आज समापन गरिएको छ । सन-स्टार युवा क्लब लिबाङ रोल्पाको आयोजनामा मैत्रीपूर्ण फुटबल तथा शुभकामना आदान प्रदान कार्यक्रम चैत्र ३० गते देखी बैशाख १ गते लिबाङको टुँडिखेलमा सञ्चालन शुरु गरिएको थियो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आयोजकको १ टिम, राजनीतिक दल, जनप्रतिनिधिको १ टिम, कार्यालय प्रमुख, रोल्पा उद्योग वाणिज्य संघका पदाधिकारीको १ टिम र पत्रकार, साहित्यकारको १ टिम गरि जम्मा ४ टिम बीच मैत्रीपुर्ण प्रतिस्पर्धा भएको थियो ।

- Advertisement -
Ad image

चैत्र ३० गते भएको लिग चरणको खेलमा चार टिमको बिचमा भएको मैत्रीपुर्ण प्रतिस्पर्धामा आयोजकलाई हराउँदै राजनीतिक दल, जनप्रतिनिधिकोको टिम फाइनलमा पुगेको थियो भने सरकारी कार्यालय, रोल्पा उद्योग वाणिज्य संघकाको टिमलाई हराउँदै पत्रकार, साहित्यकारको टिम फाइनलमा पुगेको थियो ।
बैशाख १ गते भएको राजनीतिक दल, जनप्रतिनिधिकोको टिम र पत्रकार, साहित्यकारको टिमको बिचा भएको फाइनल खेलमा एक का बिरुद्ध २ गोल गर्दै राजनीतिक दल, जनप्रतिनिधिकोको टिम बिजेता भएको छ भने पत्रकार साहित्यकारको टिम उपबिजेता भएको आयोजकले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिएको छ ।

समापन कार्यक्रमको प्रमुख अतितिमा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्य रहनु भएको थियो । बिशिष्ट अतिथिमा रोल्पा नगरपालिका नगरप्रमुख सुरेन्द्र थापा घर्तिमगर रहेको बताइएको छ ।

समापन कार्यक्रममा रोल्पा नगरपालिका नगर उपप्रमुख गिता आचार्य, नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य, नेकपा माओबादी केन्द्र रोल्पा नगरपालिका नगर इन्चार्ज फबिन्द्र आचार्य, नेकपा एकिकृत समाजबादी पाटीको केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज हरिप्रसाद घर्तिमगर,रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्य, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति डीबी घर्तिमगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर, राप्ती साहित्य परिषद रोल्पाका अध्यक्ष कबिता उपाध्याय र कर्मचारी मिलन केन्द्र रोल्पाका अध्यक्ष रोबर्ट महरा लगाएले शुभकामना मनतब्य राख्नु भएको थियो ।

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्यले मैत्रीपुर्ण खेलमा बिजेता, उपबिजेता टिमलाई बधाई दिंदै सबैले खेल क्षेत्रको बिकास सम्बद्र्धनमा लाग्नु पर्ने बताउनु भएको छ । प्रमुख अतिथि आचार्यले नर्ब बर्ष २०८१ सालको सबैलाई शुभकामना ब्यक्त गर्दै यो बर्ष सबैले अधिकार माग्ने भन्दा पनि जिम्मेवारी र कर्तव्यको बर्ष बनाउनमा सबै लाग्नु पर्ने समेत बताउनु भएको छ ।

सन स्टार युवा क्लवका अध्यक्ष पुर्ण केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका सहसचिव पृथ्बी बिक्रम डाँगी र पत्रकार देबीकुमारी गुरुङले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array