Ad image

रोल्पा नयाँ ठाउँ र नेतृत्वमा पुगेको छ–मुख्यमन्त्री महरा

मालश्री खवर
मालश्री खवर १ बैशाख २०८१, शनिबार
3 Min Read
Aa

मालश्री खबर, बैशाख १ रोल्पा ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरा गृह जिल्ला रोल्पा आउनु भएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएपछि पहिलो पटक शनिबार रोल्पा आउनु भएको हो ।

नयाँ बर्ष २०८१ को अवसरमा गृह जिल्ला रोल्पा पुगि मुख्यमन्त्री महराले रोल्पा नगरपालिकाको सातदोबाटोमा निर्माण गरिएको शहिद स्तम्भ र सुनिलस्मृति गाउँपालिका गजुलमा निर्माण गरिको सुनिल पार्कमा रहेको किम बहादुर थपा सुनिलको शालिकमा माल्यार्पन गर्नु भएको बताइएको छ । मुख्यमन्त्री महराले यो देशलाई यो स्थानसम्म ल्याइपु¥याउनु हुने,ज्यानको बलिदान दिनु हुने सम्पूर्ण शहिद योद्धाहरुप्रति हार्दिक श्रद्धाञ्जली,घाइते अपाङ्ग प्रति सम्मान र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नु भएको छ ।

शहिद स्तम्भ र शालिकमा माल्यार्पन गर्दै मुख्यमन्त्री महराले आफ्नो नेतृत्वमा लुम्बिनी प्रदेश सरकार बनेको दाबी गर्दै यसलाई पुर्णता दिन बाँकी छ र गृहकार्य भइरहेको समेत बताउनु भएको छ ।

- Advertisement -
Ad image

हामी अहिले सरकारमा सहभागी भएका दलहरूसँग होमवर्क र छलफल गरिरहेका छौं, र मलाई लाग्छ यो हप्ता बैशाखको पहिलो हप्ता भित्रै लुम्बिनी प्रदेशमा मन्त्रीमण्डल विस्तार हुन्छ भन्ने लागेको छ मुख्यमन्त्री महराले भने, आफूले हिजो मात्र प्रदेशसभा बाट विश्वासको मत प्राप्त गरेको बताउदै, हामी दुबै जनाले सल्लाह गरियो भोलि अर्थात आज एक गते छ सरकारी कामहरू पनि हुँदैन, त्यसैले भोलीको दिनमा के गर्ने भनेर सोचियौ, हामी अरु कार्यक्रममा प्रवेश गर्नुभन्दा पहिले शहिदहरुको सम्मानको निम्ति शहिद स्तम्भमा माल्यार्पन गर्ने र त्यस्तै शहिदको शालिकमा माला राख्ने, त्यसपछि मात्र आफ्नो कामहरूको सरुवा गर्ने भनेर रोल्पा आएका हौं महराले भन्नुभयो।

रोल्पा जिल्ला नयाँ ठाउँमा र नयाँ नेतृत्वमा पुगेको बताउदै प्रतिनिधि सभाका सांसद वर्षमान पुन संघीय मन्त्रालयको अर्थ मन्त्री बन्नु भएको छ, प्रदेश सभा १ क बाट निर्वाचित म लुम्बिनी प्रदेशको मुख्य मन्त्री भएको छु र प्रदेश सभा १ ख बाट निर्वाचित हुनु भएका माननीय सांसद दिपेन्द्र कुमार पुन मन्त्री बन्नु भएको छ उनले भने, यो जिल्लाले दिएको माया, यो जिल्लाले दिएको भोटलाई हाम्रो पार्टी अहिले बनेको समीकरण र सत्ता समीकरणले तपाईंहरुले दिएको माया र भोटको साच्चिकै उच्च हिसाबले सम्मान,महत्त्व गरेको छ-उनले भने ।

नव बर्ष २०८१ सालको अवसरमा साच्चिकै सबैको सुख, शान्ति, समृद्ध देश बनाउने बर्षको रूपमा परिचित होस् भनी शुभकामना समेत व्यक्त गर्नु भएको छ। मुख्यमन्त्री महराले २०८० चैत ३० गते शुक्रबार हिजो मात्र प्रदेश सभाबाट मुख्यमन्त्रीमा विश्वासको मत लिनु भएको हो । उहाँले लुम्बिनी प्रदेशसभामा ८६ सांसद मध्ये ४८ जना सांसदको साथ पाउनु भएको छ भने नेपाली कांग्रेस सहित २८ जना सांसदले मुख्यमन्त्री महराको विपक्षीमा मत दिएका थिए।कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री दिपेन्द्र कुमार पुनको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array