Ad image

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रोल्पाको प्रथम अधिवेशन सम्पन्न

मालश्री खवर
मालश्री खवर १६ चैत्र २०८०, शुक्रबार
3 Min Read
Aa

मालश्री खबर, चैत्र १६ गते रोल्पा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति रोल्पाको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति रोल्पाको आयोजनामा शुक्रबार नेपाली कांग्रेस पार्टी कार्यालय लिबाङ्मा सम्पन्न भएको हो ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति रोल्पाका अध्यक्ष श्रीकुमारी घर्तीमगरको अध्यक्षतामा भएको प्रथम अधिवेशनको प्रमुख अतिथीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य पुष्पा श्रेष्ठ रहनु भएको थियोे । कार्यक्रमको बिशिष्ट अतिथिहरुमा नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य र नेपाली कांग्रेस रोल्पाका पूर्व सभापति कृष्ण बहादुर घर्ती मगर, रहनु भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापती माधब प्रसाद आचार्य रहनु भएको थियो ।


त्यस्तै नेपाली कांग्रेस रोल्पाका पूर्व महाधिवेशन प्रतिनिधि अमृत बहादुर घर्ती मगर, नेपाली कांग्रेस रोल्पाका सचीव शेर बहादुर थापा, नेपाली कांग्रेस रोल्पा क्षेत्र नं.१(क)का क्षेत्रीय सभापति दुर्गा बहादुर खड्का, नेपाली कांग्रेस रोल्पा क्षेत्र नं.१(ख) का क्षेत्रीय सभापति गोपाल घर्ती मगर, तरुण रोल्पाका सचीव लिलाधर आचार्य, नेपाल निजामती कर्मचारी युनियन रोल्पाका अध्यक्ष इन्दिरा अधिकार (आचार्य) को उस्थित रहेको थियो ।

- Advertisement -
Ad image

त्यसैगरी ट्रेड युनियन कांग्रेस रोल्पाका प्रतिनिधि भावना न्यौपाने, नेपाल शिक्षक संघ रोल्पाका उपाध्यक्ष केवी विरही, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, प्रध्यापक संघ रोल्पाका सभापति विनोद आचार्य, नेपाल लेखक संघ रोल्पाका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, नेपाल सांस्कृतिक महासंघ रोल्पाका अध्यक्ष सागर बाबु पुन, लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ तदर्थ जिल्ला कार्य समिति रोल्पाका सदस्य तुल्सी प्रसाद पुनको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ तदर्थ जिल्ला कार्य समिति रोल्पाका सदस्य मोहन पुन मगरले गर्नु भएको थियो ।

प्रथम जिल्ला अधिवेशनबाट मोती पुन मदनको अध्यक्षामा नयाँ कार्यसमिति चयन भएको छ । आज शुत्रवार सदरमुकाम लिबाङमा भएको अधिवेशनबाट उपपाध्यक्षमा वुद्धिराम पुन र जसमाया पुन, सचिव सुर्य प्रकाश बुढामगर र गोविन्द थापा, सहसचिवमा मनबहादुर बुढा र डम्वर बुढामगर को नेतृत्वमा नयाँकार्य समिति चयन भएको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ रोल्पाका सचिव सुर्य प्रकाश बुढामगरले जानकारी दिनुभएको छ । निर्वाचन अधिकृतमा भगवती मल्ल रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array