Ad image

विपद व्यवस्थापन समिति परिवर्तन गाउँपालिकाको बैठक सम्पन्न

मालश्री खवर
मालश्री खवर १५ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

मालश्री खबर, बैशाख १५  रोल्पा ।

परिवर्तन गाउँपालिका स्थानीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

शुक्रबार परिवर्तन गाउँपालिकाको प्रशासनिक भवनको सभाह्ल पुतलाचौरमा सम्पन्न भएको हो।परिवर्तन गाउँपालिका स्थानीय विपद व्यवस्थापन समितिका संयोजक सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको बैठकमा परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रेनी, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम को उपस्थित रहेको थियो ।

त्यस्तै परिवर्तन गाउँपालिका–१ का वडा अध्यक्ष मैते बुढा मगर,२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर, ३ का वडा अध्यक्ष खिम विक्रम चन्द,५ का वडा अध्यक्ष दिल बहादुर वली,६ का वडा अध्यक्ष भरत कुमार बुढा, परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घर्ती मगर,पूर्वाधार शाखा प्रमुख खगेन्द्र बुढा मगर,शिक्षा शाखा प्रमुख बालाराम वली,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचिव कर्ण बहादुर बुढा,नेकपा एमाले परिवर्तन गाउँपालिका सह–संयोजक तिलबहादुर पुन,ईलाका प्रहरी कार्यालय ओबाङका प्रहरी सहायक निरीक्षक ओमभक्त केसी लगायत सदस्यहरुको सहभागिता रहेको थियोे ।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिका गाउँकार्यपालिका सदस्य उत्सीपा विक,सदस्य मोहवीर विक,थमे सुनार,ईलाका प्रहरी कार्यालय ओबाङका असाई विक्रम चन्द र बुद्धिजीवी चिज बहादुर विक लगायतको समेत आतिथ्यता रहेको थियोे ।

बैठकमा २०८० कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित व्यक्तिहरुको अस्थाई आवासको लागि छनोट सम्बन्ध र अस्थाई आवास व्यक्तिहरुको सम्झौता सम्बन्धमा छलफल गरिएको बताइएको छ ।

साथै छलफल गर्दा २०८० कार्तिक १७ गते आएको भूकम्पबाट परिवर्तन गाउँपालिकामा पारेको प्रभाव र क्षतिको आधारमा आएका निवेदनको आधारमा अस्थाई आवासका लागि व्यक्तिहरुलाई छनोट गरी पठाइएको छ ।

जसमा परिवर्तन गाउँपालिका–२ राङ्सीबाट नान कुमारी डाँगी,६ इरिबाङबाट भक्त बहादुर बुढा मगर,३ इरिबाङबाट उदयराज केसी, ३ इरिबाङबाट आइतरा बुढा,३ इरिबाङबाट सपना बुढा मगर,४ पाछाबाङबाट सुनिल बुढा,४ पाछाबाङबाट टोपबहादुर वली र ४ पाछबाङबाट शक्ति बुढा रहेका छन् ।

बैठक कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका स्थानीय विपद व्यवस्थापन समितिका सदस्य सचिव विकास विक्रम आलेले गर्नु भएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्

Array