Ad image

रोल्पाको दुई स्थानमा सवारी दुर्घटनाˏअटो र मोटरसाइकल एकआपसमा ठोकिदा ४ जना घाइते

मालश्री खवर
मालश्री खवर १३ बैशाख २०८१, बिहीबार
2 Min Read
Aa

भरत विश्वकर्मा/ मालश्री खबर वैशाख १३ गते रोल्पा ।

रोल्पामा एकै दिन विभिन्न दुई स्थानमा सवारी दुर्घटना भएको छ । रोल्पा-भालुबाङ सडकखण्ड अन्तर्गत सुनिलस्मृति गाउँपालिकाको वडा नम्बर २ खुंग्रीमा र वडा नम्बर ४ छिर्ने भन्ने स्थानमा सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रोल्पा- भालुवाङ सडकखण्ड अन्तर्गत खुंग्रीमा दिउसो साढे ३ बजेको समयमा २ मोटर साइकल र एक अटो एक आपसमा ठोकिएर दुर्घटना भएको बताइएको भने । लिवाङबाट घोराही तर्फ जादै गरेको सुमो गाडी दिउसो ४ः४९ बजेको समयमा अनियन्त्रित भएर भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रोल्पा-भालुवाङ सडकखण्ड अन्तर्गत सुलिचौरबाट खुंग्री तर्फ जादै गरेको रा १ घ २७६३ नम्बरको अटो र विपरित दिशाबाट आउदै गरेको लु ३९ प ५१२२ मोटरसाइकल र रा ७ प ३५०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा ४ जना घाइते भएका छन् जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रवक्ता एवं सूचना अधिकारी राम नारायण गुप्ताले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

घाइते हुनेहरुमा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ तेवाङ निवासी २६ वर्षिय अटो चालक रुम बहादुर पुनˏ सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम निवासी हाल जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षिय मोटरसाइकल चालक राज बहादुर पुन र उनका छोरा वर्ष १६ का कृष्ण बहादुर पुन र अर्का मोटरसाइकल चालक सोहि ठेगनाका सशस्त्र प्रहरी वल नेपाल डिपिऒ बिजयनगर कपिलवस्तुमा कार्यरत प्रहरी जवान २९ वर्षिय राजेन्द्र पुन रहेको वरिष्ठ ट्राफिक प्रहरी हवल्दार बसन्त कुमार गौतमले जानकारी दिनुभयो ।

सवारी दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था सामान्य रहेको र उनीहरुको प्राथमिक स्वास्थ्य चौकी सुलिचौरमा उपचार भैरहेको बताइएको छ ।

लिवाङबाट घोराही तर्फ जादै गर्दा अनियन्त्रित भएर ठोकिएको लु १ ज ३९२३ नम्बरको सुमो गाडिमा चालक सहित ९ जना यात्रु रहेको र कुनै मानिविय क्षति नभएको साथै सबैजना सकुशल रहेको  प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array