Ad image

नेत्रहीन संघ रोल्पाको प्रथम जिल्ला अधिवेशन सम्पन्न

मालश्री खवर
मालश्री खवर १६ चैत्र २०८०, शुक्रबार
5 Min Read
Aa

सुर्य प्रकाश बुढामगर
मालश्री खबर, चैत १६ रोल्पा 

रोल्पा नेत्रहीन संघको पाँचौ साधारण सभा एवम् प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । रोल्पा नेत्रहीन संघको आयोजनामा शुक्रबार जिल्ला समन्वय समिति रोल्पाको सभाह्ल लिबाङ्मा सम्पन्न भएको हो ।

रोल्पा नेत्रहीन संघका अध्यक्ष चित्र बहादुर डाँगी अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य रहनु भएको थियो । विशिष्ट अतिथीमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा ९घर्ती० रहनु भएको थियो ।

रोल्पा नेत्रहीन संघका कोषाध्यक्ष धना घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्नेमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले नेत्रहीन अपाङ्ग नभएको जिकिर गर्दै अहिले आफूहरू जस्तै अरु अपाङ्ग व्यक्तिहरुलाई पढाउने गरेको बताउनु भएको छ ।

- Advertisement -
Ad image

साथै आफूले रोल्पा जिल्लाको सबै स्थानीय तहमा पुग्ने गरेको र आफूले नेत्रहीन संघ विषयमा कुरा राख्ने र सहयोगको लागि पह्ल गरिदिने गरेको समेत बताउनु भएको छ ।

प्रमुख आचार्यले भन्नुभयो “नेत्रहीन तपाईंहरु मागे खाने होइन, श्रम गरेर खाने हो र तपाईंहरुको हितको लागि मैले साथ सहयोग गर्ने छु र पह्ल गर्ने“पनि बताउनु भएको छ । रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती  ले रोल्पाका सबै स्थानीय तहले नेपाल नेत्रहीन संघलाई साथ सहयोग गर्नुपर्ने बताउदै रोल्पा नेत्रहीन संघ रोल्पा नगरपालिकाको मात्र नभएर रोल्पा जिल्लाको साँझा संस्था भएकोले थप व्यवस्थापन गर्ने दायित्व सबै स्थानीय तहको भएको बताउनु भएको छ ।

रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले नेपाल नेत्रहीन संघ एउटा अपाङ्ग भएका व्यक्तिहरुको लागि साँझा संस्था भएकोले सबै निकायले साथ सहयोग गर्ने बताउनु भएको छ । नेपाल नेत्रहीन संघका केन्द्रिय निवर्तमान अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघका प्रवक्ता रमेश पोख्रेलले रोल्पा युरोप भएको बताउदै विचार, राजनीतिक हरेक हिसाबले हेर्ने दृष्टिकोणमा समान भएको बताउनु भएको छ ।

नेपाल नेत्रहीन संघ गण्डकी प्रदेश शाखाका अध्यक्ष लक्ष्मण सुवेदीले रोल्पामा नेपाल नेत्रहीन संघ स्थाप्ना गर्नुमा अहिलेको कार्यसमितिको महत्त्वपूर्ण योगदान रहेको बताउदै दृष्टिविहिन र अपाङ्ग भएकाहरुले पनि राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण दिन सफल भएको बताउनु भएको छ ।

नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्यले नेपाली कांग्रेस रोल्पा नेत्रहीन संघको पक्षमा दृढ रहेको बताउनु भएको छ।नेकपा एमाले रोल्पाका अध्यक्ष अमृत बुढा मगरले नेकपा एमाले रोल्पा पनि नेत्रहीन संघको पक्ष रहेको र नेत्रहीन तथा अपाङ्ग भएको व्यक्तिहरुको लागि काम गर्ने गरेको बताउनु भएको छ ।

नेकपा रोल्पाका प्रतिनिधि टिकाराम सीले नेपाल नेत्रहीन संघ अपाङ्ग भएका व्यक्तिहरुको पक्षमा काम गरेको र सबै पक्षले साथ सहयोग दिनुपर्ने बताउनु भएको छ।मानव अधिकारकर्मी खेम बुढा मगरले रोल्पामा नेपाल नेत्रहीन संघले अपाङ्ग भएको व्यक्तिको पक्षमा काम गरेकोले सबैले साथ दिनुपर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ रोल्पा अध्यक्ष नवीन लोचन मगरले दुर्गम जिल्ला रोल्पामा पनि नेपाल नेत्रहीन संघ स्थाप्ना गरी दुर दराजमा रहेका अपाङ्ग भएका व्यक्तिहरुको लागि काम गर्ने गरेको बताउनु भएको छ । बालकल्याण नमूना माविका पूर्व शिक्षक ओम सेनले पहिले देखि आफूले दुख कष्टका साथ विद्यालयमा २०६० साल देखि धेरै नेत्रहीन विद्यार्थीलाई पढाएको बताउनु भएको छ । कार्यक्रमको सञ्चालन रोल्पा नेत्रहीन संघका सचीव शिशिर डाँगीले गर्नु भएको थियो ।

अधिवेशन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रोल्पाका अधिकृत पदम बहादुर डाँगी, रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले नेपाल नेत्रहीन संघका केन्द्रिय निवर्तमान अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघका प्रवक्ता रमेश पोख्रेल, नेपाल नेत्रहीन संघ गण्डकी प्रदेश शाखाका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाली कांग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्य, नेकपा एमाले रोल्पाका अध्यक्ष अमृत बुढा मगरको उपस्थित रहेको छ ।

त्यस्तै नेकपा रोल्पाका प्रतिनिधि टिकाराम सी, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशव कुमार आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काँशीराम डाँगी, मानव अधिकारकर्मी खेम बुढा मगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी रामनारायण गुप्ता र रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्री लगायतको आतिथ्यता रहेको थियोे ।

प्रथम अधिवेशनले धना घर्तिको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष लोकेन्द्र बहादुर महरा, सचिवमा शिशिर डाँगी, कोषाध्यक्ष विमला विक, सहसचिवमा राम बहादुर डाँगी सदस्यहरुमा मोहन महरा, सर्मिला घर्ति, लोकेन्द्र केसी र दालसरी खड्का चयन गरेको सचिव शिशिर डाँगी ले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array