Ad image

रोल्पामा एकै घरका बावु छोराले दिए एसईई परिक्षा

मालश्री खवर
मालश्री खवर १५ चैत्र २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, १५ गते रोल्पा

रोल्पामा एकै घरका बावु छोराले एसईई परिक्षा दिएका छन । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ६ देवलटकुरामा रहेको जिवनज्योती माद्यामिक विद्यालयको केन्द्रबाट बावु छोराले सगै एसईई दिएका हुन ।

बुवा ३७ वर्षिय कमल वली र १५ वर्षिय छोरा मोहन वलीले एसईई परिक्षाको पहिलो दिन आज सहभागी भएका हुन ।

गंगादेव गाउँपालिका ६ माटिमिरे घर भएका उनीहरु बुवा कमल वली पृथ्वी नारायण मावि जायचौर र छोरा मोहन वली रातामाता रहेको वुद्धि विकास माद्यामिक विद्यालयकमा अध्ययन गर्दै आएकाे जिवन ज्योती मावीका प्रधानाध्यापक जयबहादुर खड्काले मालश्री खबरलाई जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

बुवा कमल वलीले घरायसी समस्याको कारण पहिले अध्ययन गर्न नपाएपनि अहिले पढेर परिक्षा दिन पाउदा खुसी भएका छन ।

जिवन ज्योती मावी देवलटकुरामा ५ वटा माद्यामिक विद्यालयको केन्द्र रहेको छ । वुद्धि विकास मावी रातामटा, पृथ्वी नारायण मावी जायचौर,  गंगा मावी चौताराडाडाँ, सरस्वती मावी बल्लेपोखरी, सरस्वती मावी म्वालेखोला विद्यालय रहेका छन ।

त्यस्तै त्रिवेणी गाउँपालिका जुगार जनाजागृति मावीको केन्द्रबाट १४ घण्टाको सुत्केरीले एसईईको परिक्षा दिएकी छिन । जनकल्याण मावी सिम्पानीमा अध्ययनरत छात्रा टिका योगीले हिजो बेलुकी ६ बजे शिशुलाई जम्म दिएकी हुन ।

सुत्केरी परिक्षार्थीलाई सहज होस भनेर नर्सको निगरानीमा सहज तरिकाले परिक्षा दिने वातावरण बनाएको जनजागृति मावी जुगारका प्रधानाध्यापक तथा जिवराज भण्डारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array