Ad image

सानिमा लाईफ इन्स्योरेन्सको मृत्युदावी भुक्तानी

मालश्री खवर
मालश्री खवर १५ चैत्र २०८०, बिहीबार
2 Min Read
Aa

काशीराम डाँगी 

मालश्री खबर, चैत्र १५ गते रोल्पा

सहज तरिकाले बिमितलाई रकमलाई दिइयो -भावना थापा

रोल्पा(लिवाङस्थित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आज एक कार्यक्रमका बीच १० लाख ३४ हजार बराबरको मृत्यु दावी चेक हस्तान्तरण गरेको छ ।

- Advertisement -
Ad image

गत पुसमा रोल्पा नगरपालिका (४ रुन्टावाङका दिलबहादुर थापा मगरकी श्रीमती भावना थापा मगरलाई सो रकम हस्तान्तरण गरिएको हो । सानिमा लाईफ इन्स्योरेन्सका क्षेत्र प्रन्वन्धक रुद्र प्रसाद अधिकारीले बिमकले पाउने रकम हस्तान्तरण गर्नुभएको हो ।

रोल्पाको लिवाङस्थित सानिमा लाइफ इन्स्योरेन्स जिल्ला कार्यालयमा भएको कार्यक्रममा बोल्दै अधिकारीले बिमितले गतसाल मात्र वीमा गर्नुभएको जानकारी दिनुभयो। पूर्व प्रहरी मृतक थापाले सानिमा रिलायन्स इन्स्योरेन्स लिमिटेडमा सिमित भुक्तानी कार्यक्रम अन्तर्गत २० बर्षे अवधि राखेर वीमा पोलिसी खरिद गर्नुभएको थियो।

उहाँले दुर्घटना होस् वा कालगती जुनैसुकै अवस्थाको दावी गरिएमा सवै वीमा कम्पनीहरुले नियमानुसार भुक्तानी गर्दै आएको बताउनुभयो । कार्यक्रममा मृतक थापाकी श्रीमती भावनाले विमा गर्नु पारिवारिक सुरक्षा भएकाले सवैले अनिवार्य गर्नुपर्ने अनुभव सुनाउनु भयो। ुबीमा भविष्यको साहारा समेत हो। त्यसैले बीमा गर्नुपर्ने रहेछ। बीमा बारे सबैले बुख्न र सबैमा चेतना पुग्नु राम्रो हो- उहाँले भन्नुभयो।

उहाँले आफुले विमा दावी गर्दा र रकम पाउदाँ सहज अनुभव गरेको बताउनुभयो । सहज तरिकाले बीमा रकम पाएकोमा श्रीमती भावनाले खुसी समेत व्यक्त गर्नुभयो । स्थानीय, समाजसेवी, बीमा अभिकर्ता, सञ्चारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स रोल्पा शाखाका प्रमुख ज्ञानेन्द्र शर्माले गर्नुभएको थियो । विमित थापाको पौष १० गते रोल्पाको लिवाङ स्थित तित्रिकोट नजिकै भिरबाट लडेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array