Ad image

सफा देखिन थाल्यो सुलिचौर र रुइनिबाङ बजार

मालश्री खवर
मालश्री खवर १४ चैत्र २०८०, बुधबार
2 Min Read
Aa

गणेश केसी
सुनिलस्मृति गाउँपालिकाले नियमित सरसफाई कार्यक्रम गर्न थाले पछि सुलिचौर र रुइनिबाङ बजार सफा देखिन थालेको छ । केहि समय अगाडी गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको निर्देशनमा नियमित बजार सरसफाई अभियान सुरु गरिएको थियो ।

बजार क्षेत्र निकैनै दुषित बनेर दुर्गन्धनै आउन थाले पछि र ब्यापारी तथा स्थानीयहरुको धेरै गुनासो आउन थाले पछि गाउँपालिकाले नियमित सरसफाई अभियान थालेको अध्यक्ष बुढाथोकीले बताउनु भएको छ । नगर प्रहरीको अग्रसरतामा हरेक हप्ता बजार सरसफाइ गरिदै आएको नगर प्रहरी इन्चार्ज चेतमान विष्टले जानकारी दिनु भएको छ । नियमित सरसफाइ गर्दा बजारमा फोहोर ब्यवस्थापन भइ सकेकाले अबका दिनमा १५ दिनको बुधबार रुइनिबाङ बजार र शुक्रबार सुलिचौर बाजार सरसफाई गरिने गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ ।

बुधबार आज सुनिलस्मृति गाउँपालिका वडा नं. ३ रुइनिबाङ बजार क्षेत्रको सरसफाई र नाला मर्मत कार्य सम्पन्न गरिएको गाउँपालिको जनाएको छ । यसका अलावा गाउँपालिका भित्रका सम्पुर्ण कर्मचारीहरुको अगुवाईमा प्रत्यक महिनाको १ गते सरसफाइ अभियान पनि जारी रहेको छ । प्रत्यक नागरिक वा ब्यवसायीहरुको घरबाट निस्कने फोहोरलाई गाउँपालिकाले जम्मा गरेर ब्यवस्थापन पनि गरिरहेको छ ।

सुनिलस्मृति गाउँपालिकाले थालेको नियमित सरसफाई अभियानमा सम्पुर्ण कर्मचारी, जनप्रतिनिधिहरु, स्थानीय ब्यापारी, बुद्धिजिविहरुले राम्रो साथ दिएको नगर प्रहरी इन्चार्ज विष्टको भनाई छ । सवै नागरिक र स्थानीय सरकार पनि सरसफाइको क्षेत्रमा सचेत भएर काम गरिरहेका कारण बजार स्वच्छ र सफा देखिन थालेको विष्टले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array