Ad image

सुनिलस्मृति गाउँपालिकामा सुत्केरी घरभेट कार्यक्रमको समिक्षा गरियो

मालश्री खवर
मालश्री खवर १४ चैत्र २०८०, बुधबार
2 Min Read
Aa

गणेश केसी
सुनिलस्मृति गाउँपालिका भित्रका नर्सिङहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सुत्केरी घरभेट कार्यक्रम अन्तरगत अभिमुखिकरण तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

सुनिलस्मृति गाउँपालिकाका कार्यवाहक अध्यक्ष ओविलाल बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाको सचिवालयले जानकारी दिएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका विभिन्न स्वास्थ्य सस्थाहरुमा कार्यरत नर्सिङ स्टापहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजकर्ताका रुपमा सुनिलस्मृति गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक सावित्रा कुमारी थापा रहनु भएको थियो ।

मतृ तथा नवशिशु कार्यक्रम तर्फ स्थानीय तहमा सुत्केरी घरभेट कार्यक्रम अन्तरग अभिमुखिकरण तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको हो । गाउँपालिकामा उक्त कार्यक्रम मार्फत सुत्केरीहरुलाई घरमै पुगेर भेट्ने गरिन्छ । संघीय सरकारको यो कार्यक्रम अन्तरगत नवजात शिशु र सुत्केरीलाई कुनै जटिल समस्या आयमा तुरुन्त उपचारका लागि २४ घण्टा सम्म स्वास्थ्य सस्थामै राखिन्छ, त्यसपछि ३ दिनमा नर्सिङ स्टाप घरमै पुगेर नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइन्छ, ७ देखि १४ दिन भित्र पनि सोही खालको भिजिट गरिन्ट र अन्तिम पटक ४२ दिनमा खोप क्लनिक वा गाउँघर क्लिनिकमा नवजात शिशु र सुत्केरी आमालाई भेट गरिन्छ । भेटको क्रममा शिशु र सुत्केरी आमाको स्वास्थ्य अवस्था, खानपान, वच्चाको वृद्धि अवस्था, पोषण आदिका बारेमा जानकारी लिने र दिने गन्छि ।

आज सम्पन्न अभिमुखिकरण तथा समिक्षा कार्यक्रममा घरभेट कार्यक्रम अन्तरगत कति जनाको जाँच गरियो, प्रभाव कस्तो छ, समस्याहरु के–के छन, खतराका लक्षण देखियो कि देखिएनन्, देखिएको भए उपचार कसरी गरियो आदिका बारेमा समिक्षा गरिएको सुनिलस्मृति गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक सावित्रा कुमारी थापाले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array